मुख्य समाचार
दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु
दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु

। लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ । यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप सात जनाको मृत्यु भएको जनाइएको छ ।

इजरायलले बिहीबार हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्वको ‘अली अल–ताहेर’ पहाडी क्षेत्र कब्जामा लिएको दाबी गरेपछि दक्षिणी नबातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो । इरानसमर्थित हिजबुल्लाहले भने उक्त दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

इरानको समर्थनमा रहेको हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि मार्चमा लेबनानमा पुनः द्वन्द्व चर्किएको थियो । जुनमा वासिङ्टन र तेहरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको रूपरेखा सम्झौतापछि लडाइँ केही मत्थर भएको थियो ।

तर इजरायलको विदेश मन्त्रालयले सोमबार हिजबुल्लाहले बारम्बार ड्रोन आक्रमण गरेको र दक्षिण लेबनानमा आफ्नो सैन्य क्षमता पुनःनिर्माण गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

मन्त्रालयले हिजबुल्लाहले इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको बताएको छ । उक्त सम्झौतामा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने प्रावधानसमेत समावेश छ ।

लेबनानको आधिकारिक नेसनल न्युज एजेन्सी (एनएनए) का अनुसार, नबातिह नजिकैको फार रुम्मानमा रातभर भएको आक्रमणमा तीनतले आवासीय भवन ध्वस्त हुँदा नौ जनाको मृत्यु भएको थियो ।

आक्रमणमा लक्षित एउटा गाडीमा रहेका दुई उद्धारकर्मीको पनि मृत्यु भएको एनएनएले जनाएको छ । एएफपीका एक फोटोग्राफरका अनुसार भवन पूर्ण रूपमा ध्वस्त भएको थियो भने भग्नावशेषमा विद्यालयका किताब र फर्निचरका टुक्रा छरिएका थिए ।

सोमबार बिहान उद्धार टोलीहरूले भग्नावशेष हटाउँदै अन्य पीडितको खोजी गरिरहेका थिए । द्वन्द्वका कारण विस्थापित भएका फार रुम्मानका बासिन्दा जुनमा भएको युद्धविरामपछि घर फर्किएका थिए । “यहाँ फर्किएदेखि नै हामी डरको वातावरणमा बाँचिरहेका छौँ”, स्थानीय बासिन्दा फुवाद चाकारोनले एएफपीलाई बताए।

उनका अनुसार आक्रमणमा परेको भवनमा “कसैसँग कुनै सम्बन्ध नभएका शान्तिप्रिय मानिसहरू” बस्दै आएका थिए ।

आक्रमणपछि छिमेकीहरू घर छाडेर भागेका थिए । एएफपीका फोटोग्राफरका अनुसार विस्फोटका कारण आसपासका अन्य भवनमा समेत क्षति पुगेको थियो ।

इजरायलले फार रुम्मानमा आक्रमण गर्नुअघि कुनै चेतावनी जारी नगरेको जनाइएको छ । तर नजिकैको देइर जाहरानीमा भएको अर्को आक्रमणअघि भने बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो ।

इजरायली सेनाका अनुसार उसका सैनिकलाई लक्षित गरी विस्फोटक बोकेको ड्रोन प्रहार गरिएको थियो । सेनाले “हिजबुल्लाहको आतङ्कवादी गतिविधिले इजरायली रक्षा बल (आईडीएफ) लाई उनीहरूविरुद्ध कडा कदम चाल्न बाध्य पारेको” बताएको छ । घटनामा कुनै इजरायली सैनिक घाइते भए वा नभएकोबारे भने सेनाले जानकारी दिएको छैन ।

सेनाले अरबी भाषामा जारी गरेको सन्देशमा आफूले हिजबुल्लाहको आतङ्कवादी अखडा लक्षित गरिरहेको भन्दै उक्त क्षेत्रमा रहेका मानिसहरू जोखिममा रहेको चेतावनी दिएको थियो ।

एनएनएका अनुसार चेतावनी जारी भएको २२ मिनेटपछि इजरायली आक्रमणमा देइर जाहरानीस्थित एउटा भवन ध्वस्त भएको थियो । आइतबार लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायली आक्रमण रोक्न सहयोग गर्न अमेरिका र अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको थियो ।

बेरुतका अनुसार मार्चदेखि लेबनानमा भएका इजरायली हवाई तथा स्थल आक्रमणमा चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।इजरायली सेनाले सीमा क्षेत्रमा लेबनानभित्र करिब १० किलोमिटर (६ माइल) सम्म फैलिएको आफ्नो स्वघोषित सुरक्षा क्षेत्रमा कारबाही जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब एक लाख ७० हजार यात्रु अलपत्र परेका छन् । ज्वालामुखीको खरानीका कारण ती विमानस्थलबाट हुने उडानहरू अस्थायी रूपमा रोकिएको छ । आइतबार बिहान राजधानी जकार्तास्थित सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थल आसपासको हवाई क्षेत्रमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि यस्तो निर्णय गरिएको हो। इन्डोनेसियाको यातायात ...
। इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले इरानी सेनाको शक्तिशाली जवाफबाट अमेरिका र उसका सहयोगीहरू हताश अवस्थामा पुगेको दाबी गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘इरानी सैन्य बलले अमेरिकी ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेपछि अमेरिका र उसका सहयोगी देशहरू हताश अवस्थामा पुगेका छन्,’ गालिबाफले भनेका छन् । उनले विरोधी पक्षले नाराका ...
। इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ । इरानले यस्तो कदमले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने जनाएको छ । दक्षिण कोरियाले शुक्रबार रणनीतिक महत्वको होर्मुज जलसन्धिमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु ...
। इरानको सनन्दज–हमदान हाइवेमा एउटा इन्धन ट्यांकरमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । समाचार एजेन्सी आईआरएनएका अनुसार यो घटना शनिबार साँझ करिब ५:३० बजे सनन्दज सहरको प्रवेशद्वार नजिकै भएको हो । २० हजार लिटर ग्यासोलीन बोकेको इन्धन ट्यांकरले पछाडिबाट एउटा मिनी ...
: इजिप्टको एक अदालतले बहुचर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। सरकारी समाचार संस्था अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अवैध रूपमा आयात गरी बिक्री-वितरण गर्ने अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा संलग्न रहेको ठहर भएको हो। विशेष कारबाहीका क्रममा प्रहरीले ७५० किलोग्रामभन्दा बढी लागुऔषध, कच्चा पदार्थ ...