मुख्य समाचार
संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताए
संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताए

। संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित ‘पुन: विचार, समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उनले न्यायपालिकाको सुधारको लागि न्यायाधीश नियुक्तिदेखि अनुशासनात्मक कारबाहीसम्मको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताए ।

न्याय परिषद्को समस्या परिषद् नभई त्यसको नेतृत्व गर्ने प्रधानन्यायाधीशको भूमिकासँग जोडिएको उनले बताए ।

‘न्यायपालिकामा यदि न्याय परिषद्मा प्रधानन्यायाधीशको असर्टिभ रोल यदि कायम गर्ने हो भने त्यो सम्भव छ कि न्यायालय दुई–चार महिनामै सुधारिएर जाओस् । सबभन्दा पहिले त त्यो ऐन संसोधन गर्नुपर्‍यो,’ उनले भने, ‘प्रधानन्यायाधीशलाई सम्पूर्ण रुपमा नियुक्ति गर्नुपर्ने, न्यायाधीशदेखि लिएर डिसिप्लिनरी एक्सनसम्मको सम्पूर्ण पावर प्रधानन्यायाधीशलाई दिने । किनभने न्यायालयको जिम्मेवारी उसले लिनुपर्छ । हाउसमा उसको विरुद्ध महाअभियोग लाग्छ नि सक्छ । जिम्मेवार मान्छे र पब्लिक फेस पनि उ नै हो ।’

न्यायालयको संरचनागत सुधारका लागि सर्वोच्च अदालतलाई संवैधानिक अदालतका रूपमा रूपान्तरण गर्दै प्रदेशका अदालतलाई सर्वोच्च अदालतसरह क्षमता, योग्यता र स्रोतसाधनयुक्त बनाउनुपर्नेमा उनले जोड दिए । त्यसो गर्नसके सर्वोच्च अदालतमा रहेको मुद्दाको चाप कम हुनुका साथै अन्य समस्या समेत हल हुँदै जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् । बेलायत भ्रमणका क्रममा पूर्वउपसभामुख रानाले लण्डनस्थित हाउस अफ कमनमा उपसभामुख नोक्ससँग भेट गरी नेपालमा आएको विनाशकारी बाढी र यसले पारेको प्रभाव, नेपालले पाउनुपर्ने न्याय र क्षतिपूर्तिको विषय उठाएकी हुन् । पूर्वउपसभामुख रानाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध ...
। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सोमबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सांसद बोधनारायण श्रेष्ठलगायतको उपस्थितिमा आयोजित एक कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बाढीबाट भएको क्षति, गाउँपालिकाले गरिरहेको राहत वितरण र पुनर्निर्माणको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेका छन्। अध्यक्ष खतिवडाले प्रस्तुत गरेको तथ्यांकअनुसार बाढीले गाउँपालिकाभित्रका भौतिक पूर्वाधार, कृषि ...
। संघीय संसद्का १३१ जना सांसदले आफ्नो तलब कटाएर बाढी पीडितलाई सहयोग गरेका छन् । यो सोमबारसम्मको विवरण हो । उनीहरूले आफूले प्राप्त गर्ने तलबबाट कटाएर सहयोग गर्ने गरी संघीय संसद् सचिवालयलाई पत्र लेखेका हुन् । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा २७५ सदस्यीय छ । राष्ट्रिय सभा ५९ सदस्यीय छ । यसमध्ये १३१ जना सांसदले तलब कटाएर बाढी ...
। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा एउटा ट्याक्टर खसेको छ । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको प्र १-०२-००३ त ३०४८ नम्बरको ट्याक्टर मैवाखोलाको पुलको छेउबाट आज बिहान साढे ४ बजे करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो । ताप्लेजुङका डीएसपी कमल बजगाईंका अनुसार ट्याक्टर चालक मैवाखोला गाउँपालिका-१ का १९ वर्षीय समिर बराइली ...
। प्रदेश, जिल्ला र स्थानीय तहमा विपद्‌बारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सकिने भएको छ । यसका लागि सबै राजनीतिक दलहरू तयार भएको र यसअनुसार सन्देश प्रवाह भइसकेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ‘सर्वदलीय संयन्त्र बनाउने विषयमा दुई चरणको छलफल भयो । दोस्रो चरणको छलफलपछि जिल्ला र स्थानीय तहमा विपद्बारे ...