: मधेशबासी समुदायलक्षित अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा १ जना पक्राउ परेका छन्।
प्रहरी टोलीले शनिबार खोटाङ बाक्सिला नगरपालिका- १५ घर भई काठमाडौं महानगरपालिका -३१ शङ्खमुल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई शङ्खमुलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको थापाले बताए।