: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढी प्रभावितहरुको खोजी, उद्धार तथा राहत कार्यमा सरकारको तर्फबाट कमिकमजोरीहरु भएको बताएका छन्।
आइतबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गरेका हुन्। ‘कमिकमजोरीहरु भएका छन्। त्यो बताउने काम हाम्रो हो, तर कसैलाई लान्छित गर्नेगरी होइन्। हामी समाधान निकाल्न चाहन्छौं,’थापाले भने।
सरकारले आफूहरुको कुरा सुनेपनि, नसुनेपनि आफूहरुले आफ्नो धर्म निभाउने थापाको भनाई छ। सरकारका कमिकमजोरीहरु औंल्याउदै सुझाव दिने र खबरदारी गर्ने काम निरन्तर गरिरहने सभापति थापाले बताए।