मुख्य समाचार
आफूहरु हरेक ढंगले सरकारको साथमा रहेको बताए
आफूहरु हरेक ढंगले सरकारको साथमा रहेको बताए

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरु हरेक ढंगले सरकारको साथमा रहेको बताएका छन्। आईतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सक्ने मात्र नभई अतिरिक्त बल लगाएर नसक्ने कामहरु पनि गर्ने बताएका हुन्।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर आएका थापाले बैठकमा प्रभावित क्षेत्रको कहालीलाग्दो अवस्था सुनाएका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढीले २०७२ सालको भूकम्पलेभन्दा बढी भौतिक र मानवीय क्षति गरेको थापाले उल्लेख गरे।

यस्तै विभिन्न जलविद्युत आयोजनको सुरङमा फसेका व्यक्तिहरुलाई सम्पूर्ण शक्ती परिचालन गरेर तत्काल उद्धार गर्न पनि सरकारलाई सभापति थापाले आग्रह गरेका छन्। सुरुङबाट उद्धार भएका व्यक्तिहरुको पनि समयमा उद्धार नगरिएको भन्दै थापाले आक्रोश व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-९ स्थित लखीवारी निवासी १९ वर्षीय जनक माझी रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट मेचीपारिबाट खटिएको टोलीले आइतबार दिउँसो ४ :१० बजे भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री माझीलाई शंका लागि ...
: नेपाली सेनाले रसुवा भोटकोशीमा आएको बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ। सेनाले प्रभावित क्षेत्रमा पुल निर्माणदेखि हवाई तथा जमिनी उद्धार, टनेलभित्र खोजी, घाइतेको उपचार र राहत सामग्री ढुवानीसम्मका कार्यलाई निरन्तरता दिएको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ...
: मधेशबासी समुदायलक्षित अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा १ जना पक्राउ परेका छन्। प्रहरी टोलीले शनिबार खोटाङ बाक्सिला नगरपालिका- १५ घर भई काठमाडौं महानगरपालिका -३१ शङ्खमुल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई शङ्खमुलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त ...
: भगवान श्रीराधाकृष्णप्रतिको आस्थाले चढाइएको भेटी अब विपद्मा परेका नागरिकको जीवनमा सहयोग बन्ने भएको छ।विराटनगरमा शनिबार राति सम्पन्न ५९ औं श्रीराधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको २ लाख ८२ हजार ४१८ रुपैयाँ भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढी प्रभावितहरुको खोजी, उद्धार तथा राहत कार्यमा सरकारको तर्फबाट कमिकमजोरीहरु भएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गरेका हुन्। ‘कमिकमजोरीहरु भएका छन्। त्यो बताउने काम हाम्रो हो, तर कसैलाई लान्छित गर्नेगरी होइन्। हामी समाधान निकाल्न चाहन्छौं,’थापाले ...