मुख्य समाचार
बाढीमा परी १२ दिनदेखि सम्पर्कविहीन श्रीमानको अवस्थाबारे खबर नआएपछि कपिलवस्तुकी एक युवतीले आत्महत्याको प्रयास
बाढीमा परी १२ दिनदेखि सम्पर्कविहीन श्रीमानको अवस्थाबारे खबर नआएपछि कपिलवस्तुकी एक युवतीले आत्महत्याको प्रयास

: रसुवाको भोटेकोशीमा आएको बाढीमा परी १२ दिनदेखि सम्पर्कविहीन श्रीमानको अवस्थाबारे खबर नआएपछि कपिलवस्तुकी एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्। महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि बेपत्ता छन्।

उनको अवस्थाबारे कुनै जानकारी नआएपछि २१ वर्षीया श्रीमती प्रियंकाले आइतबार बिहान आत्महत्याको प्रयास गरेकी हुन्।
घरपरिवार र स्थानीयवासीले तत्काल उद्धार गरेपछि उनको ज्यान जोगिएको छ। प्रियंकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था स्थिर रहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

आशिष र प्रियंकाको विवाह गत वैशाखमा मात्रै भएको थियो। १७ महिनाअघि प्रहरी जवानमा नियुक्त भएका आशिष ८ महिनाअघि रसुवाको मैलुङमा कार्यरत भएका थिए।

घरका एक्ला छोरा आशिष बेपत्ता भएपछि उनका बुबा खेदु र आमा निर्मला छोराको पर्खाइमा छन्। लामो समयसम्म कुनै खबर नआउँदा परिवारमा पीडा र निराशा बढ्दै गएको छ।

भोटेकोशी बाढीपछि आशिषसहित कपिलवस्तुका ६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। बेपत्ताहरूको खोजी जारी रहेपनि हालसम्म उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली सेनाले रसुवा भोटकोशीमा आएको बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ। सेनाले प्रभावित क्षेत्रमा पुल निर्माणदेखि हवाई तथा जमिनी उद्धार, टनेलभित्र खोजी, घाइतेको उपचार र राहत सामग्री ढुवानीसम्मका कार्यलाई निरन्तरता दिएको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ...
: मधेशबासी समुदायलक्षित अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा १ जना पक्राउ परेका छन्। प्रहरी टोलीले शनिबार खोटाङ बाक्सिला नगरपालिका- १५ घर भई काठमाडौं महानगरपालिका -३१ शङ्खमुल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई शङ्खमुलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त ...
: भगवान श्रीराधाकृष्णप्रतिको आस्थाले चढाइएको भेटी अब विपद्मा परेका नागरिकको जीवनमा सहयोग बन्ने भएको छ।विराटनगरमा शनिबार राति सम्पन्न ५९ औं श्रीराधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको २ लाख ८२ हजार ४१८ रुपैयाँ भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढी प्रभावितहरुको खोजी, उद्धार तथा राहत कार्यमा सरकारको तर्फबाट कमिकमजोरीहरु भएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गरेका हुन्। ‘कमिकमजोरीहरु भएका छन्। त्यो बताउने काम हाम्रो हो, तर कसैलाई लान्छित गर्नेगरी होइन्। हामी समाधान निकाल्न चाहन्छौं,’थापाले ...
: बारामा प्रहरीले १३९ किलो लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ २० गते राति करिब साढे १० बजेतिर पचरौता नगरपालिका–७ स्थित बैनीली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतमा गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार धान खेतको आलीबाट ९ जना मानिसहरू झोलाजस्तो वस्तु बोकेर आउँदै गरेको अवस्थामा ...