: प्युठानमा ९ थान भरुवा बन्दुक फेला परेको छ। नौबहिनी गाउँपालिका ३, सिद्धाथान एराबाङस्थित काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला परेको प्रहरीले जनाएको छ ।
स्याउलाले छोपेर राखिएको अवस्थामा ३ थान साबुत भरुवा बन्दुक, ३ थान नाल र थप ३ थान भरुवा बन्दुक गरी जम्मा ९ थान अवैध हतियार फेला परेको हो । फेला परेका सबै हतियार नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।