: खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने ३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार भारतको सितामडि जिल्ला घरभै काठमाडौं बस्ने मासु पसल संचालक २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घरभै हाल काटमाडौं सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौंडा- ३ घर रातोपुल बस्ने २१ वर्षीय सुजन रसाइली पक्राउ परेका हुन्।
शनिबार बेलुका पौने ६ बजेको समयमा काठमाडौं महानगरपालिका- ८ रातोपुल नजिक सफिक मासु पसलमा खसिको मासु भनेर बाख्राको मासु बेचेको जानकारी पाएपछि प्रहरीले छापा मारेको थियो।
प्रहरीका अनुसार प्रतिकिलो १८०० रुपैयाँमा बाख्रिको मासु बिक्री वितरण गरिराखेको सुचनाको आधार मासु पसलकोभित्र पट्टि सटरमा बाख्री काटेर मासु बिक्री वितरण गरिराखेको र जिउँदो १ ओटा काट्ने अवस्थामा समेत राखिएको भेटिएको छ।
तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरी बृत गौशालामा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।