मुख्य समाचार
कांग्रेस सभापति थापा र कोइरालाबिच भेटवार्ता, पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड
कांग्रेस सभापति थापा र कोइरालाबिच भेटवार्ता, पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड

: नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ। पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला आज दिउँसो १२:३० बजे उनीहरुबीच भेट भएको हो।

भेटघाटका क्रममा उनीहरुबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको बताए। उनले कांग्रेसको एकताका लागि आफ्नोतर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारे ।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए।




उनीहरूबिच यस अगाडि नेपाल-चिन सिमाना रसुवामा आएको बिनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्युठानमा ९ थान भरुवा बन्दुक फेला परेको छ। नौबहिनी गाउँपालिका ३, सिद्धाथान एराबाङस्थित काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला परेको प्रहरीले जनाएको छ । स्याउलाले छोपेर राखिएको अवस्थामा ३ थान साबुत भरुवा बन्दुक, ३ थान नाल र थप ३ थान भरुवा बन्दुक गरी जम्मा ९ थान अवैध हतियार फेला परेको ...
: भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत लिएर आउने तथा उद्धारमा खटिने सवारीसाधनका लागि इन्धन राहत कोषले डिजेल र पेट्रोल उपलब्ध गराएको छ। राहत तथा उद्धारका काम भइरहेका बेला प्रभावित क्षेत्रमा राहत लिएर आउने तथा उद्धारमा खटिने सवारी साधनलाई इन्धन राहत कोष इन्धन दिएर सहयोग गरेको हो। संस्थाले नुवाकोटमा आज त्रिशूली अस्पताल, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा ...
: खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने ३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार भारतको सितामडि जिल्ला घरभै काठमाडौं बस्ने मासु पसल संचालक २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घरभै हाल काटमाडौं सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौंडा- ३ घर रातोपुल बस्ने २१ वर्षीय सुजन रसाइली पक्राउ परेका हुन्। शनिबार बेलुका पौने ...
: भोटेकोशी नदीमा आएको बाढीपीडित रसुवा र नुवाकोटका नागरिकलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र उनको समूहले राहत वितरण गरेका छन्। नुवाकोटको विदुर नगरपालिका-१० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा रसुवा र नुवाकोटअन्तर्गत बेत्रावती, ढुंगे, त्रिशुली, भैसेका ७० घर परिवारलाई एक समारोहकाबीच सिल्पीङ व्याग र ज्याकेट लगायत राहत सामग्री वितरण भएको हो। नुवाकोट विदुर नगरपालिका महामण्डलमा रसुवाबाट आएका करिब ...
: रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–६, मयाङमा खोला तर्ने क्रममा चिप्लिँदा दुई जना बेपत्ता भएका छन्। शनिबार दिउँसो करिब २ः४५ बजे सोही ठाउँका ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाही खरिढुङ्गाबाट घरतर्फ फर्कने क्रममा साङखोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाउँदा बेपत्ता भएका हुन्। घटनाबारे वडा अध्यक्ष शंखे सेनले दिउँसो करिब २ः५५ बजे टेलिफोनमार्फत ...