मुख्य समाचार
रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३४२ जनाको शव फेला
रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३४२ जनाको शव फेला

: रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी आएको १२ औँ दिनसम्म आइपुग्दा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको जनाएको हो।

फेला परेका शवहरूमध्ये ९८ वटाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकिएको र बाँकी शवको पहिचान सहज बनाउन सबैको डीएनए नमूना संकलन कार्य भइरहेको बताइएको छ।

त्यस्तै सम्पर्कविहीन नागरिकका आफन्तहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन प्राधिकरणले आग्रह गरेको छ।




यस्तै प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङहरूमा खोजी कार्य जारी रहेको प्राधिकरणले बताएको छ। त्रिशूली ३ ’ए’ मा १६० मिटर, त्रिशूली ३ ’बी’ मा हेलिकप्टरबाट एक्जाभेटर ड्रप गरी ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म टोली प्रवेश गरेको बताइएको छ।

यता माथिल्लो त्रिशूली–१ को अडिट ३ बाट आईआर तथा थर्मल ड्रोनमार्फत खोज्दा कुनै जीवित संकेत नदेखिएको र टनेल हेडदेखि टेलसम्म खोजी कार्य जारी रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

नेपाल प्रहरीको श्रव्य–दृश्य विज्ञ टोलीले ड्रोनमार्फत नदी किनारको निरीक्षण गरिरहेको र पर्यटक प्रहरीले विदेशी नागरिकका आफन्तलाई सहजीकरण गरिरहेको उनको भनाई छ। यातायाततर्फ देवीघाटको तादी खोलामा अस्थायी पुल जडान कार्य जारी छ भने देवीघाट–ढुङ्गे खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेवा लगभग सुचारु भइसकेको र विद्युत् सेवा पनि धेरैजसो स्थानमा पुनर्स्थापना भइसकेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने ३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार भारतको सितामडि जिल्ला घरभै काठमाडौं बस्ने मासु पसल संचालक २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घरभै हाल काटमाडौं सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौंडा- ३ घर रातोपुल बस्ने २१ वर्षीय सुजन रसाइली पक्राउ परेका हुन्। शनिबार बेलुका पौने ...
: भोटेकोशी नदीमा आएको बाढीपीडित रसुवा र नुवाकोटका नागरिकलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र उनको समूहले राहत वितरण गरेका छन्। नुवाकोटको विदुर नगरपालिका-१० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा रसुवा र नुवाकोटअन्तर्गत बेत्रावती, ढुंगे, त्रिशुली, भैसेका ७० घर परिवारलाई एक समारोहकाबीच सिल्पीङ व्याग र ज्याकेट लगायत राहत सामग्री वितरण भएको हो। नुवाकोट विदुर नगरपालिका महामण्डलमा रसुवाबाट आएका करिब ...
: नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ। पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला आज दिउँसो १२:३० बजे उनीहरुबीच भेट भएको हो। भेटघाटका क्रममा उनीहरुबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको ...
: रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–६, मयाङमा खोला तर्ने क्रममा चिप्लिँदा दुई जना बेपत्ता भएका छन्। शनिबार दिउँसो करिब २ः४५ बजे सोही ठाउँका ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाही खरिढुङ्गाबाट घरतर्फ फर्कने क्रममा साङखोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाउँदा बेपत्ता भएका हुन्। घटनाबारे वडा अध्यक्ष शंखे सेनले दिउँसो करिब २ः५५ बजे टेलिफोनमार्फत ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै पाठकले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री लगायत सबै जिम्मेवारी परित्याग गर्दै पार्टी सदस्यसमेत नरहने गरी आजकै मितिबाट अलग हुने निर्णय गरेको छु।’ उनले भनेका छन्, ‘राप्रपालाई समयानुकूल ...