मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेको घोषणा

: राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै पाठकले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री लगायत सबै जिम्मेवारी परित्याग गर्दै पार्टी सदस्यसमेत नरहने गरी आजकै मितिबाट अलग हुने निर्णय गरेको छु।’ उनले भनेका छन्, ‘राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिसँगै करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारीसहित एउटा समूहसँगै यस दलमा आबद्ध भएको थिएँ। उक्त सहमति नै राप्रपासँगको एकताको आधार थियो। तर यो अवधिमा त्यस दिशामा ठोस परिणाममुखी काम नै हुन सकेन।’

उनले पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको बताए। भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव रहेको बताए।

पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो रहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भोटेकोशी नदीमा आएको बाढीपीडित रसुवा र नुवाकोटका नागरिकलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र उनको समूहले राहत वितरण गरेका छन्। नुवाकोटको विदुर नगरपालिका-१० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा रसुवा र नुवाकोटअन्तर्गत बेत्रावती, ढुंगे, त्रिशुली, भैसेका ७० घर परिवारलाई एक समारोहकाबीच सिल्पीङ व्याग र ज्याकेट लगायत राहत सामग्री वितरण भएको हो। नुवाकोट विदुर नगरपालिका महामण्डलमा रसुवाबाट आएका करिब ...
: नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ। पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला आज दिउँसो १२:३० बजे उनीहरुबीच भेट भएको हो। भेटघाटका क्रममा उनीहरुबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको ...
: रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–६, मयाङमा खोला तर्ने क्रममा चिप्लिँदा दुई जना बेपत्ता भएका छन्। शनिबार दिउँसो करिब २ः४५ बजे सोही ठाउँका ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाही खरिढुङ्गाबाट घरतर्फ फर्कने क्रममा साङखोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाउँदा बेपत्ता भएका हुन्। घटनाबारे वडा अध्यक्ष शंखे सेनले दिउँसो करिब २ः५५ बजे टेलिफोनमार्फत ...
: रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी आएको १२ औँ दिनसम्म आइपुग्दा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको जनाएको हो। फेला परेका शवहरूमध्ये ९८ वटाको सनाखत भई परिवारलाई हस्तान्तरण ...
: जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ । आइतबार जेनजी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्कको सरकार र जेन्जी शहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले देशका लागि आफ्नो ज्यान आहुती दिने जेन्जीहरुका ...