। रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ५ जनाको हवाई उद्धार गरिएको हो ।
अहिलेसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको सेनाले बताएको छ । जसमा २७५ विदेशी नागरिक छन् ।