मुख्य समाचार
वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक
वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक

। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गरेको छ ।

निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमले जनाएको छ ।

निगको तथ्यांक अनुसार १८ देखि २० भदौसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको हो ।

निगमका अनुसार १८ भदौमा २४ हजार ४ सय ९४, १९ मा ३४ हजार १ सय ३४ र २० मा २९ हजार २ सय ४९ सिलिन्डर ग्यास बिक्री वितरणका लागि काठमाडौं आइपुगेको छ ।

काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा अवस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यसरी वैकल्पिक मार्गबाट उपत्यका भित्रिएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया (काभ्सन्स), लोकप्रिय (उग्रचण्डी), एभरेस्ट/सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर), सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन् । विभिन्न १६ उद्योगका ग्यास यसरी निरन्तर भित्रिरहेको निगमको भनाइ छ ।

पृथ्वी राजमार्गको कृष्णभिर खण्डको बाटो नियमित सञ्चालनमा नआउँदासम्म यही वैकल्पिक प्रक्रिया अनुसार नै ग्यास आपूर्ति तथा बिक्री वितरण कार्य निरन्तरता दिइने आयल निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...
। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए। उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे। विशेष महाधिवेशन र १४औँ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्। पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै उनले अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले आफ्नो दललाई रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिन थालेको बताएका छन् । आइतबार बागमती प्रदेश कमिटीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले त श्रम संस्कृति पार्टी भनेको रास्वपाको विकल्प भनेर सम्पूर्ण राजनीतिक विश्लेषक, जनताहरू र राजनीतिक दलहरूले पनि स्वीकारिरहेको छ,’ उनले ...