मुख्य समाचार
रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा
रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा

। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ ।

नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ ।

अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो । आज बिहान नामरुङस्थित थेराङ खोलामा बाढी आउँदा यस क्षेत्रमा पदमार्ग, होटल, जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले चुमनुव्री ...
। मधेशी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ बाक्सिलाका ३५ वर्षीय विशाल गुरुङ छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्‍याउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनले सार्वजनिक स्थलहरुमा मधेशी समुदाय लक्षित भड्काउ अभिव्यक्ति लेखेका थिए।
। रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ५ जनाको हवाई उद्धार गरिएको हो । अहिलेसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको सेनाले बताएको छ । जसमा २७५ विदेशी नागरिक छन् ।
। रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ । आयोजनाको विद्युत्गृहभन्दा बाहिर बाढीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो । कम्पनीले आफ्नै प्रयासमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला ...
। सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो । ‘विद्यमान नियमअनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न ...