मुख्य समाचार
हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही
हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

“हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, यस घटनामा कुनै पनि इजरायली सैनिक घाइते भएको खबर नआएको पनि सेनाले जनाएको छ ।

अर्को एक सन्देशमा, इजरायली सेनाले आगामी आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिइएको छ ।

“तपाईंहरू हिजबुल्लाह आतङ्कवादी सङ्गठनको एउटा अखडा वा संरचना नजिक हुनुहुन्छ, जसका विरुद्ध आईडीएफले कारबाही अघि बढाउँदैछ”, सेनाले टेलिग्राममा अरबी भाषामा लेखेको छ ।

इरान–समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान मध्यपूर्वको द्वन्द्वमा तानिएको थियो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण र स्थलगत कारबाही गरेको थियो, जसमा चार हजार ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको दाबी छ ।

जुन महिनामा व्यापक द्वन्द्वका विषयमा अमेरिका र इरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको ढाँचागत सम्झौता पछि हिंसाका घटनामा केही कमी आएको छ ।

इजरायली सेनाले सीमा क्षेत्रबाट लेबनानभित्र करिब १० किलोमिटर (छ माइल) को गहिराइसम्म फैलिएको स्वघोषित सुरक्षा क्षेत्र भित्र कारबाही गरिरहेको छ ।

लेबनानका अधिकारीहरूले शनिबार बताएअनुसार इजरायली आक्रमणमा परी देशको दक्षिणी र पूर्वी भागमा चार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...
। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ । विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् । रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ...
। इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। उडान स्थगित हुँदा अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ। शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म फैलिएपछि जनजीवन प्रभावित भएको छ। खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् ...