मुख्य समाचार
मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट
मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट

। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट गरेका छन् ।

आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेटगरी स्वास्थ अवस्थाबारे जानकारी लिएका हुन् ।

मन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेका हुन् । मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरेका थिए ।

त्यस्तै माथिल्लो त्रिशुली–१ बाट उद्वार गरिएका चिनियाँ नागरिकलाई पनि भेटेका छन् । स्याफ्रुबाट उद्वार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेटेका थिए ।

‘उहाँहरूको स्वास्थ अवस्था सुधारोन्मुख छ । पानी र लेदोबाट भएका घाउहरू निको हुँदैछ । शारीरिक घाउ चोटहरू निको हुन थालेको छ’ भेटपछि मन्त्री श्रेष्ठले भने ‘मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ ।’

मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्वारकर्मी सबैलाई धन्यवाद दिए । छाउनी अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने नेपालको पहलमा सहयोग गर्न नेपाली प्रतिनिधिले भुटानका प्रधानमन्त्री ल्योन्चेन दासो छेरिङ तोब्गेसँग आग्रह गरेका छन् । भुटानमा जारी साउथ एसियन रिजनल पार्लियामेन्टरी फोरमका क्रममा भुटानका प्रधानमन्त्रीसँग नेपाली प्रतिनिधिको भेट भएको थियो । उक्त भेटमा रास्वपा सांसदहरू आशिष गजुरेल र अशोक चौधरीले रसुवा बाढीबाट भएको जनधन तथा पूर्वाधारको ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् । सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए । ‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको ...
। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ । नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ । आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ । अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।
। दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो। भेटका क्रममा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका ...
। भोटेकोशी बाढीबाट तहसनहस भएको रसुवाको टिमुरे क्षेत्रबाट नेपाल प्रहरीको तालिमप्राप्त केनाइन (कुकुर)ले दुई वटा शव फेला पार्‍यो । भोटेकोशीमा १० भदौ बिहान एक्कासि आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका लागि प्रहरीले आफ्ना केनाइन त्यसतर्फ परिचालन गरेको थियो । टिमुरे, घट्टेखोला लगायतका इलाकामा नेपाल प्रहरीका दुई वटा केनाइन परिचालन भए । जहाँ बेल्जियन सेफर्ड जातको रक्की नामको ...