मुख्य समाचार
मन्त्रालयले जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन श्रमिकको खोजी तथा उद्धारसँगै विद्युत् आपूर्ति पुनर्स्थापना र क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई समानान्तर अघि
मन्त्रालयले जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन श्रमिकको खोजी तथा उद्धारसँगै विद्युत् आपूर्ति पुनर्स्थापना र क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई समानान्तर अघि

। रसुवा भोटेकोशीमा आएको बाढीपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन श्रमिकको खोजी तथा उद्धारसँगै विद्युत् आपूर्ति पुनर्स्थापना र क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई समानान्तर अघि बढाएको छ ।

बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका जलविद्युत् आयोजना, प्रसारण संरचना तथा विद्युत् आपूर्ति प्रणालीमा ठूलो क्षति पुर्‍याएपछि मन्त्रालयले उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) गठन गरेर काम अघि बढाएको छ ।




मन्त्रालयका अनुसार उक्त संयन्त्रमा मन्त्रालयका सचिव, विभाग तथा महाशाखा प्रमुख, नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारी लगायत सहभागी छन् । संयन्त्रले उद्धार, राहत, विद्युत् पुनर्स्थापना र क्षति व्यवस्थापनमा समन्वय गरिरहेको छ ।

बाढी आएको दिनदेखि नै मन्त्रालयले प्रभावित आयोजनाको अवस्था, सम्पर्कविहीन कर्मचारी तथा कामदार, उद्धारमा प्रयोग भएका उपकरण र भएका प्रगति अभिलेखमा राख्ने काम अघि बढाएको छ ।



अब उद्धार तथा पुनर्स्थापनाका कामको वास्तविक समयको विवरण प्राप्त हुने गरी ‘रियल टाइम अपडेट सिस्टम’ निर्माण गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

यसबाट कुन आयोजनामा के काम भइरहेको छ, कुन उपकरण परिचालन भएको छ र उद्धारको अवस्था के छ भन्ने विवरण एकीकृत रूपमा अनुगमन गर्न सकिने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले उद्धारका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना तथा अन्य सुरक्षा निकायसँग समन्वय गरिरहेको छ ।



प्रभावित जलविद्युत् आयोजनामा आवश्यक प्राविधिक जनशक्ति, एक्स्काभेटर, ड्रिलिङ मेसिन, सवारीसाधन तथा अन्य उपकरण परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

बाढीपछि विद्युत् आपूर्ति अवरुद्ध क्षेत्रमा वैकल्पिक प्रणालीबाट विद्युत् सञ्चालन गर्ने कामलाई समेत मन्त्रालयले प्राथमिकता दिएको छ । नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापित भइसकेको र रसुवामा पनि विद्युत् सेवा पुन: सुरु गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

बाढीका कारण विद्युत् सेवा अवरुद्ध दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा तत्काल उज्यालो र सञ्चार समस्या समाधान गर्न वैकल्पिक ऊर्जासमेत व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा २ किलोवाट क्षमताका संस्थागत सोलार प्रणाली तथा २० वाट क्षमताका ५ सय थान सोलार सेट व्यवस्थापन गरी प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया अघि बढाइएको थियो ।

उद्धारतर्फ पनि मन्त्रालयले सुरक्षा निकायसँग समन्वय गरिरहेको छ । मन्त्रालयका अनुसार नेपाली सेनाले लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ कामदार तथा माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलमा फसेका व्यक्तिसहित करिब ३ सय ५० मजदुर तथा स्थानीयको उद्धार गरिसकेको छ ।

यद्यपि, विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा अझै सम्पर्कविहीन रहेकाहरूको खोजी चुनौतीपूर्ण बनेको छ ।



रसुवागढी जलविद्युत् आयोजनामा पनि उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ । आयोजनाको विवरण अनुसार २० भदौमा नेपाली सेनाको टोलीले चार वटा हेलिकप्टर मार्फत आवश्यक सामग्री सहित पावरहाउस क्षेत्रमा प्रवेश गरी डेब्रिस हटाउँदै ट्रान्स्फर्मर क्याभर्न र पावरहाउसका विभिन्न भागमा खोजी गरेको थियो । तर, सम्पर्कविहीन कर्मचारीबारे ठोस जानकारी फेला परेको छैन ।

मन्त्रालयले अब तत्कालीन उद्धारसँगै बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना, सबस्टेसन तथा अन्य ऊर्जा पूर्वाधारको विस्तृत क्षति मूल्यांकन गर्ने तयारी समेत अघि बढाएको छ ।

राष्ट्रिय योजना आयोग र विपद् प्राधिकरणसँगको सहकार्यमा क्षति मूल्यांकन गरी पुनर्स्थापना, पुनर्निर्माण र पुनर्लाभका लागि आवश्यक योजना तथा स्रोत पहिचान गर्ने तयारी भइरहेको छ ।

मन्त्रालयका अनुसार बाढीका कारण ४ सय मेगावाटभन्दा बढी अर्थात् करिब १० प्रतिशत विद्युत् आपूर्ति प्रभावित भएको छ । त्यसैले तत्कालीन उद्धार र विद्युत् आपूर्ति पुनर्स्थापनापछि क्षतिग्रस्त ऊर्जा पूर्वाधार पुन: सञ्चालनमा ल्याउने र दीर्घकालीन रूपमा पुनर्निर्माण गर्ने चुनौती पनि मन्त्रालयसामु छ ।

प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको अवस्थाबारे मन्त्रालयले आयोजना व्यवस्थापक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र विद्युत् प्राधिकरणका प्रतिनिधिसँग समन्वय गरी विवरण अद्यावधिक गरिरहेको जनाएको छ ।

रातिको समयमा समेत खोज तथा उद्धार प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई २ सय थान हेडलाइट र ९ सय थान ब्याट्री उपलब्ध गराइएको मन्त्रालयको भनाइ छ ।

ऊर्जा मन्त्रालयले तत्कालीन प्राथमिकता बेपत्ता श्रमिकको खोजी तथा उद्धार र विद्युत् सेवा पुनर्स्थापनामा केन्द्रित भए पनि अब कामको अर्को चरण क्षतिग्रस्त ऊर्जा पूर्वाधारको विस्तृत मूल्यांकन, पुनर्निर्माण र पुन: सञ्चा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गरेको छ । निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त ...
। रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने नेपालको पहलमा सहयोग गर्न नेपाली प्रतिनिधिले भुटानका प्रधानमन्त्री ल्योन्चेन दासो छेरिङ तोब्गेसँग आग्रह गरेका छन् । भुटानमा जारी साउथ एसियन रिजनल पार्लियामेन्टरी फोरमका क्रममा भुटानका प्रधानमन्त्रीसँग नेपाली प्रतिनिधिको भेट भएको थियो । उक्त भेटमा रास्वपा सांसदहरू आशिष गजुरेल र अशोक चौधरीले रसुवा बाढीबाट भएको जनधन तथा पूर्वाधारको ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् । सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए । ‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको ...
। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ । नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ । आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ । अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।
। दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो। भेटका क्रममा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका ...