मुख्य समाचार
कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट काठमाडौँमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याउन थालिएको जनाए
कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट काठमाडौँमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याउन थालिएको जनाए

। पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट काठमाडौँमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याउन थालिएको जनाएको छ ।

निगमका अनुसार काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति गरिएको छ ।

भदौ १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौँ भिर्त्याउन थालेको हो।

निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि समेत निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको जनाएको छ ।

उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकेको छ ।

साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् । सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए । ‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको ...
। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ । नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ । आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ । अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।
। दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो। भेटका क्रममा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका ...
। भोटेकोशी बाढीबाट तहसनहस भएको रसुवाको टिमुरे क्षेत्रबाट नेपाल प्रहरीको तालिमप्राप्त केनाइन (कुकुर)ले दुई वटा शव फेला पार्‍यो । भोटेकोशीमा १० भदौ बिहान एक्कासि आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका लागि प्रहरीले आफ्ना केनाइन त्यसतर्फ परिचालन गरेको थियो । टिमुरे, घट्टेखोला लगायतका इलाकामा नेपाल प्रहरीका दुई वटा केनाइन परिचालन भए । जहाँ बेल्जियन सेफर्ड जातको रक्की नामको ...
। धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो । सडक सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन् । मुख्य ...