मुख्य समाचार
नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ
नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ

। नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनुकमार भट्टराईले जानकारी दिए ।

वीरगञ्ज १४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा उनीहरु प्रवेश गरी जुवा खेलेको आरोप छ ।

पक्राउ पर्नेहरुमा इन्स्पेक्टर पौडेलसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओम प्रकाश बैठा छन् ।

त्यसैगरी नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने क्यासिनोका कर्मचारीहरु वीरुगञ्ज–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह, वीरुगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् । सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए । ‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको ...
। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ । नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ । आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ । अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।
। दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो। भेटका क्रममा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका ...
। भोटेकोशी बाढीबाट तहसनहस भएको रसुवाको टिमुरे क्षेत्रबाट नेपाल प्रहरीको तालिमप्राप्त केनाइन (कुकुर)ले दुई वटा शव फेला पार्‍यो । भोटेकोशीमा १० भदौ बिहान एक्कासि आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका लागि प्रहरीले आफ्ना केनाइन त्यसतर्फ परिचालन गरेको थियो । टिमुरे, घट्टेखोला लगायतका इलाकामा नेपाल प्रहरीका दुई वटा केनाइन परिचालन भए । जहाँ बेल्जियन सेफर्ड जातको रक्की नामको ...
। धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो । सडक सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन् । मुख्य ...