मुख्य समाचार
रसुवा बाढीलाई पुन:निर्माणको ‘मोडल केस’ बनाउनुपर्छ : सीईओ ज्ञवाली
रसुवा बाढीलाई पुन:निर्माणको ‘मोडल केस’ बनाउनुपर्छ : सीईओ ज्ञवाली

। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले रसुवा बाढीलाई नेपालले विपद् अध्ययन र पुन:निर्माणको ‘मोडल केस’ बनाउनुपर्ने बताएका छन् ।

नेपाल भौगर्भिक समाजले आयोजना गरेको रसुवा बाढीसम्बन्धी कार्यशालामा उनले रसुवा बाढीलाई जलवायु परिवर्तनजन्य विपद्को रुपमा अध्ययन गरेर यसलाई प्रमाणित गर्नुपर्ने बताए ।

त्रिशूली नदी क्षेत्रमा भएको विपद्लाई वैज्ञानिक अध्ययन र पुनर्स्थापनाको दृष्टिले महत्वपूर्ण ‘केस’ का रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।

‘त्रिशूली नदी र वर्तमान डिजास्टरको अवस्थालाई एउटा महत्वपूर्ण केसका रूपमा लिएर अगाडि बढ्न जरुरी छ । हाम्रो केस इस्ट्याब्लिस गर्न, वैज्ञानिक प्रमाणहरूलाई प्रमाणित गर्न, त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्न र रिभर बेसिनको समग्र योजना बनाउन पनि यो महत्वपूर्ण आधार बन्नसक्छ,’ सीईओ ज्ञवालीले भने, ‘चाहे त्यो हाइड्रोपावरको डिजाइनको विषय होस् वा त्यससँग सम्बन्धित अन्य कामहरू—यी सबैका लागि यसलाई एउटा महत्वपूर्ण केसका रूपमा लिन सकिन्छ। त्यसलाई मोडलका रूपमा विकास गर्ने दिशामा जान पनि जरुरी छ ।’

हिमाली तथा पर्वतीय मुलुकहरूमा जलवायु परिवर्तन र विपद्का प्रभाव बढिरहेको बताउँदै यसबाट जोगिन तथा पूर्वतयारी गर्न नेपालले अन्तर्राष्ट्रियस्तरमै नेतृत्व लिनुपर्ने उनले बताए ।

हिमालयन क्षेत्रमा देखिएका विपद्का प्रभावको अध्ययन, सूचना आदानप्रदान र पूर्वतयारीका लागि चीन, भारत लगायतका मुलुक तथा नेपालका सम्बन्धित संस्थाबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

नेपालले चीनसँग भएको विपद् व्यवस्थापनसम्बन्धी सहमति कार्यान्वयन गर्न पनि चुकेको बताउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच विपद्का क्षेत्रमा सूचना आदानप्रदान, विपद् पूर्वतयारी तथा हिमाली क्षेत्रमा रहेका बस्तीको पुनर्स्थापनालगायत विषयमा सहकार्य गर्ने सहमति भएको स्मरण गरे ।

‘चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनुभएको बेलामा हामी सबैले विपद्को सन्दर्भमा सूचना आदानप्रदान गर्ने, विपद् पूर्वतयारीको तहमा चीन र नेपालले सँगै मिलेर काम गर्ने, हिमाली क्षेत्रमा रहेका बस्तीहरूको पुन:स्थापना गर्ने लगायतका थुप्रै विषयमा आधारित भएर सम्झौता तथा समझदारी गरेका थियौं,’ उनले भने, ‘समस्या र विडम्बना के भयो भने, हामीले त्यसलाई फलोअप गर्ने र आवश्यक छ भनेर आफैँले ठानेर अगाडि बढ्ने कुरामा कमी गर्‍यौँ । त्यहाँ एउटा ठूलो लापरबाही भयो । त्यसो हुँदा अहिले सूचना आदानप्रदानलगायतका विषयमा, चाहे त्यो डेटा हाउस होस् वा अन्य आवश्यक सूचनाको व्यवस्थापन, एउटा व्यवस्थित प्रणाली स्थापित भइसक्ने अवस्था हुन्थ्यो होला । तर हामी त्यहाँनेर चुकेका छौँ । अब यसलाई पुनर्जीवित गर्ने र यही अवसरमा चिनियाँ सरकारसँग पनि बसेर छलफल गरी त्यस्तो प्रणाली स्थापना गर्ने काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सडक विभागले धादिङको कृष्णभिरमा पुन: बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको बताएको छ । विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन् । महानिर्देशक डा. जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुन: देखिएको हो ...
। बाँकेमा जुवा खेलेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाँकेको कोहलपुर नगरपालिका–१२ का ३६ वर्षीय धनबहादुर परियार, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर बस्याल, ५६ वर्षीय बेलबहादुर डाँगी, ३६ वर्षीय राम गुरुङ र बैजनाथ गाउँपालिका–४ का ४३ वर्षीय कुलबहादुर वली छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको इन्स्पेक्टर कमल थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको ...
। भोटेकोशी बाढीपीडितलाई वितरण गर्न ठिक पारिएका राहत सामग्रीमा गम्भीर लापरबाही फेला परेको छ । विपद्‌मा परेकालाई सहयोग स्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्स लगायत खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंको संयुक्त अनुगमन टोलीले काठमाडौंका ...
। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए । अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान ...
। नुवाकोटको देवीघाट बजारको ताँदी नदीमाथि बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको ...