मुख्य समाचार
बाढीबाट रसुवाको नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता
बाढीबाट रसुवाको नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता

: भाद्र १० गते नेपाल-चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवाको नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता भएका छन्।

नौकुण्डमा प्रत्यक्ष रूपमा बाढीले बस्तीमा ठूलो समस्या नपारेको भए तापनि कामको सिलसिलामा सीमानाका तथा जलविद्युत् आयोजनामा कार्यरत ६२ जना सम्पर्कमा नआएको गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलनले बताए। अधिकांश रसुवागढीस्थित टिमुरे र केरुङतर्फबाट हराएका हुन्।

बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयले क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र १ हजार ५ सय वटा निजी घरमा क्षति पुगेको छ।
बाढीले जिल्लामा ४१ किलोमिटर सडक, ६ वटा पक्की पुल, आठ वटा ‘बेलीब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ। बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ।

बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली ३ ‘बी’ मा क्षति पुर्‍याएको छ।

खोज तथा उद्धार जारी

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ। थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञहरू समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

हालसम्म बाढीमा परी १ हजार ३ सय ६५ रसुवाका नागरिक, १ हजार १ सय ६० अन्य जिल्लाका नागरिक र २ सय ६४ पर्यटक सम्पर्कविहीन भएका छन्। यसैगरी बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी, ७९ जना सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ जना नेपाल प्रहरी र २७ नेपाली सेना हराएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए। प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न आपूर्ति सहज गर्न हेलिकप्टरमार्फत उद्धार तथा राहत वितरण कार्य जारी छ। बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, पैरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावती जस्ता बजार र बस्ती ध्वस्त बनाएको छ।

झण्डै ४ सय बालबालिका बेपत्ता

बाढीमा झण्डै ४ सय बालबालिका बेपत्ता भएका छन्। उत्तरगया गाउँपालिका–५ को बेत्रावती क्षेत्रबाट मात्र ८७ जना बालबालिकाले आमा-बुबा दुवै गुमाएको प्रारम्भिक तथ्याङ्क आएको नीलकण्ठ माविका प्रधानाध्यापक माधवप्रसाद लामिछानेले बताए। नीलकण्ठ माविमा ५०८ जना विद्यार्थीहरू रहेकोमा २ सयभन्दा बढी बालबालिका हराएका छन्। खाल्टेमा २९६ परिवार बसेकोमा त्यहाँ प्रतिपरिवार १ जना पनि सम्पर्कमा आएका छैनन्।

रामचन्द्र आधारभूत विद्यालय, मोर्डन ट्रिनिटी आवासीय र उत्तरगया पब्लिक आवासीय विद्यालयबाट थप १५० विद्यार्थी हराएका छन्। लामिछानेका अनुसार खाल्टे क्षेत्रका धेरै साना बालबालिकाहरू हराएका छन्। मालिकादेवीबाट १६ जना, चिप्लेटी आधारभूत विद्यालयबाट ५ जना र टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरू पनि बेपत्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शनिबार साँझ करिब ६:२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावत रोकिएको छ । कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च ...
। संयुक्त अधिराज्य बेलायतको वेल्स राज्यमा अक्टोबरमा हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन पुगेको छ । टिम म्यानेजर लेफ्टीनेन्ट कर्णेल निश्चल पाठक र पट्रोल कमान्डर लेफ्टीनेन्ट प्रवीण पाण्डेको नेतृत्वमा लन्डन आएको टोलीलाई लन्डनस्थित नेपाली राजदूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत गरेका थिए । आउँदो ...
। दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार आइपुगेका हुन् । भेटवार्ताका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुन:स्थापना, राहत तथा उद्धारका प्रयास ...
। रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीमा आएको बाढीपछि मान्छे फसेको शंकासहित खोजी कार्य जारी राखिएको छ । नेपाली र भारतीय उद्धार टोलीले निरन्तर भग्नावशेष हटाउने काम गरिरहेका हुन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पानी र माटो हटाउने कार्य भइरहेको र चिलिमेस्थित सुरुङको छत नजिकै पुगेको जानकारी गराएका छन् । उनका अनुसार, यसरी बाटो खनेर खाली गराउँदा ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ छहरामा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन रोकिएको छ। यसैबीच भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त गजुरी-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। क्षतिग्रस्त सडक हाल एकतर्फी रूपमा ...