मुख्य समाचार
सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित
सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित

। सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको भएको सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सेटमा हरायो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पर्दै खेलमा पकड बनाएको थियो । तेस्रो सेट पनि २५–१९ ले जित्दै सगरमाथाले एकपक्षिय रुपमा खेल जित्यो ।

यस लिगमा सोझो सेटमा नतिजा निस्केको यो पहिलो खेल हो ।

सगरमाथाका पाकिस्तानी स्पाइकर अइमल खान ‘प्लेअर अफ द म्याच’ घोषित भए । उनले सर्वाधिक १८ अंक स्कोर गरे । उनी पहिलो खेलमा मधेश विरुद्ध पनि ‘प्लेअर अफ द म्याच’ बनेका थिए । यस्तै सगरमाथाका फखर खानले पनि १५ अंक जोडे । खप्तडका लागि अर्टेम किस्लेभले १२ र बोस्को डेटले १० अंक जोडे ।

लगातार दुई खेलमा जित हात पारेको सगरमाथा ६ अंकसहित शीर्ष स्थानमा छ । सगरमाथाले उद्घाटन खेलमै मधेश वारियर्सलाई ३–१ ले हराएको थियो ।

लगातार दोस्रो जितपछि सगरमाथाका मुख्य प्रशिक्षक उत्सव खड्काले टिमको कम्बिनेसन मिल्दै गएको बताए । खप्तडविरुद्ध सोझो सेटमा जित अपेक्षा नगरेपनि पहिलो खेलको अनुभवपछि टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए ।

अप्तडका मुख्य प्रशिक्षक रुपेश विष्टले पहिलो खेलमा विदेशी खेलाडीहरुले अपेक्षा अनुसार खेल्न नसकेकोले पराजित हुनुपरेको बताए ।

काठमाडौंको थ्रिलिङ जित

शनिबार भएको पहिलो थ्रिलिङ खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ को सेटमा हराएर विजयी सुरुवात गरेको छ ।

पहिलो सेट गुमाएपनि काठमाडौंले खेलमा पुनरागमन गरेको थियो । मधेशले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेट टाईब्रकेमा पुग्दा काठमाडौंले २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कियो । तेस्रो सेट काठमाडौंले सहजै २५–१७ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनायो । चौथो सेटमा मधेश खेलमा फर्कियो र २५–२२ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौ सेटसम्म पुर्‍यायो ।

पाँचौ तथा अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बन्दा काठमाडौंले टाईब्रेकमा १६–१४ ले आफ्नो पक्षमा पार्दै बाजी मारेको हो ।

यस लिगमा पाँचौ सेटसम्म पुगेको यो पहिलो खेल हो ।

काठमाडौं रेड्सको जितमा पुरा छाएका अहमद मुस्ताफा खान ‘प्लेअर अफ द म्याच’ घोषित भए । उनी एक्लैले सर्वाधिक ४५ अंक स्कोर गरे । यस्तै कप्तान सुनिल बोहराले २४ अंक योगदान गरे । मधेशमा जिबिन सेबास्टिएनले ३३ अंक स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।

काठमाडौंका मुख्य प्रशिक्षक नृप बहादुर विकले लिगमा विजयी सुरुवात गर्दा खुशी व्यक्त गरे । मधेशका सहायक प्रशिक्षक सुरज भुजेलले दोस्रो खेलमा पनि विदेशी खेलाडीहरुले अपेक्षा अनुसार खेल्न नसक्दा पाँचौ सेटमा पुगेर पनि पराजित हुनुपरेको बताए ।

जितपछि काठमाडौंले २ अंक जोड्दा मधेशले पनि १ अंक जोड्दै अंकको खाता खोलेको हो ।

मधेशको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससंग पराजित भएको थियो ।

एनभीएलमा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौं रेड्सबीच अपरान्ह ४ बजे सुरु हुनेछ भने कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे दोस्रो खेल हुनेछ ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक भइरहेको पुरुष भलिबलको प्रेन्चाइज लिगमा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेताले नगद २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ छहरामा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन रोकिएको छ। यसैबीच भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त गजुरी-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। क्षतिग्रस्त सडक हाल एकतर्फी रूपमा ...
। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन् । प्राधिकरणले बेपत्ता कर्मचारीहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिए पनि धेरैको अवस्था अझै अज्ञात रहेकाले पहिचानका लागि ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको छ । प्राधिकरणका अनुसार बाढीले माथिल्लो त्रिशुली ३ ए, त्रिशुली ...
: भोटेकोशी नदीमा आएको बाढीले घरबारविहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका–५ गलौदीका बाढीपीडित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आ श्रयस्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्यांकमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। भदौ १० गते आएको बाढीले गलौदीका अधिकांश घर डुबानमा ...
: नेपाल–चीन अन्तर्राष्ट्रिय सीमानाका रहेको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा राष्ट्रिय झन्डा फहराइएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले शनिबार नाकामा नेपालको झन्डा राखेको हो। भोटेकोशी नदीमा आएको बाढीका कारण पुग्न कठिन बनेको उक्त स्थानमा बीओपी टिमुरेको टोली ३ किलोमिटर जोखिमपूर्ण भीरको बाटो हुँदै अगाडि बढेको थियो। साथै, नेपाली सेनाको टोली हेलिकप्टरमार्फत ...
। यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले ...