मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न न्युयोर्क जाने निश्चित
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न न्युयोर्क जाने निश्चित

: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न न्युयोर्क जाने निश्चित भएको छ। आगामी असोज ८ गते दिउँसो महासभामा वक्ताका रूपमा उनले सम्बोधन गर्ने कार्यतालिका छ। कार्यभार सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो वैदेशिक भ्रमण हो।

न्युयोर्कस्थित नेपाली नियोगको ताकेतापछि राष्ट्रसंघले संशोधित कार्यतालिका पठाएको र सोहीअनुसार तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका अनुसार, प्रधानमन्त्रीको भ्रमण अत्यन्त छरितो हुनेछ। असोज ७ मा न्युयोर्क पुगेर असोज ८ को सम्बोधन लगत्तै प्रधानमन्त्री स्वदेश फर्किने कार्यक्रम छ।

सुरुमा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा टोली पठाउने मन्त्रिपरिषद्को निर्णय भए पनि विनाशकारी भोटेकोशी विपत्तिपछि सरकारको रणनीति फेरिएको हो। भोटेकोशी तथा रसुवा बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा ‘जलवायु न्याय’ र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मुद्दालाई देशकै कार्यकारी प्रमुखले उठाउनुपर्ने विपक्षी दलहरू र विज्ञहरू दबाबपछि प्रधानमन्त्री शाह आफैं जाने तय भएको हो।

परराष्ट्र र अर्थ मन्त्रालयले अहिले बाढीको वास्तविक क्षतिको प्रतिवेदन तयार पारिरहेका छन्। न्यूनतम कार्बन उत्सर्जन गर्ने नेपालले अरूको प्रदूषणका कारण हिमाली क्षेत्रमा बाढी र विपत्ति भोग्नुपरेको भन्दै प्रधानमन्त्री शाहले राष्ट्रसंघको मञ्चबाट दया होइन, ‘क्षतिपूर्ति’ को दाबी पेस गर्ने रणनीति बनाइएको छ।

१ सय ९३ सदस्य राष्ट्रको प्रतिनिधित्व रहने संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तन, हिमाली पारिस्थितिक प्रणाली र संवेदनशील विकासोन्मुख राष्ट्रका आवश्यकता जस्ता मुद्दाहरू उठाउन मञ्चलाई नियमित रूपमा प्रयोग गर्दै आएको छ। भ्रमणले हालैको भोटेकोशी जलप्रलयपछि प्रभावित क्षेत्रमा पुनर्लाभ र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वानलाई प्रभावकारी बनाउने कुटनीतिज्ञहरूको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ छहरामा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन रोकिएको छ। यसैबीच भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त गजुरी-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। क्षतिग्रस्त सडक हाल एकतर्फी रूपमा ...
। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन् । प्राधिकरणले बेपत्ता कर्मचारीहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिए पनि धेरैको अवस्था अझै अज्ञात रहेकाले पहिचानका लागि ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको छ । प्राधिकरणका अनुसार बाढीले माथिल्लो त्रिशुली ३ ए, त्रिशुली ...
: भोटेकोशी नदीमा आएको बाढीले घरबारविहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका–५ गलौदीका बाढीपीडित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आ श्रयस्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्यांकमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। भदौ १० गते आएको बाढीले गलौदीका अधिकांश घर डुबानमा ...
: नेपाल–चीन अन्तर्राष्ट्रिय सीमानाका रहेको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा राष्ट्रिय झन्डा फहराइएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले शनिबार नाकामा नेपालको झन्डा राखेको हो। भोटेकोशी नदीमा आएको बाढीका कारण पुग्न कठिन बनेको उक्त स्थानमा बीओपी टिमुरेको टोली ३ किलोमिटर जोखिमपूर्ण भीरको बाटो हुँदै अगाडि बढेको थियो। साथै, नेपाली सेनाको टोली हेलिकप्टरमार्फत ...
। यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले ...