मुख्य समाचार
धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै
धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै

। धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।

धरान–५ का दीपक मगर भन्छन्, ‘पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने अवस्था छ ।’




पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ लाख ८६ हजारमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार निर्माणका क्रममा पुलको दुवैतर्फ पिलर उठाइए पनि त्यसपछि काम अघि बढ्न सकेको छैन । करिब ३० प्रतिशत काम भएको र अहिले निर्माण गरिएका पिलरसमेत झाडीले ढाकिएको उनलेबताए । ‘दुवैतर्फ पिलर उठाइएको थियो, त्यसपछि काम अघि बढेन । अहिले पिलरसमेत झाडीले ढाकिसकेको छ’, उनले भने ।



पुल नहुँदा धरान–४ र ५ का बासिन्दालाई धरान बजारसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । विशेषगरी बर्खामा खोलामा बाढी आउँदा स्थानीयवासीले जोखिम मोलेर खोला पार गर्नुपर्ने र बिरामीलाई अस्पताल लैजानसमेत कठिन हुने गरेको वडाध्यक्ष लिम्बूले बताए । अस्थायी रूपमा बाँसको पुल बनाए पनि बर्खाको बाढीले बगाउने भएकाले स्थायी पुल आवश्यक रहेको उनको भनाइ छ ।

पुल नहुँदा स्थानीय किसानले उत्पादन गरेका सागसब्जी, दूधलगायत कृषि उपज धरान बजारसम्म पुर्याउनसमेत समस्या हुने गरेको छ । धरान–४ र ५ का किसानले उत्पादन गरेका कृषि उपज धरान बजारमा बिक्रीका लागि लैजाने गरेका छन् । पुलको अभावमा विद्यार्थीको पढाइसमेत प्रभावित हुँदै आएको छ ।

धरान–५ मा कक्षा ५ सम्ममात्र पढाइ हुने विद्यालय रहेकाले कक्षा ६ भन्दा माथि अध्ययन गर्ने विद्यार्थी धरान बजारतर्फ जानुपर्ने हुन्छ । मनटार, सुमनटार, मुक्तिलाल, निशानडाँडा र तल्लो निशानडाँडाका विद्यार्थी यही मार्ग हुँदै विद्यालय जाने गरेका छन् । बर्खाको समयमा परीक्षा परेका बेला खोलामा बाढी आएर तर्न नसक्दा विद्यार्थी परीक्षा दिनबाट समेत वञ्चित हुने गरेका छन् ।

पुल निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । वडाध्यक्ष लिम्बूका अनुसार २०८१ चैत १२ गते ठेकेदार पक्षसँग जेठ मसान्तसम्म काम सम्पन्न गर्ने सहमति भएको थियो । पछि पुनः सम्पर्क गर्दा २०८२ फागुनसम्म निर्माण सम्पन्न गर्ने जानकारी गराइएको भए पनि हालसम्म काम सुरु भएको छैन ।

पुल निर्माणको विषयमा २०८१ चैतमा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरेका थिए । सो क्रममा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइएको थियो । तर, ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ ।

पुल निर्माण सम्पन्न भए धरान–४ र ५ का बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य सेवामा पहुँच सहज हुने स्थानीयको अपेक्षा छ । साथै, यस मार्गबाट धनकुटाको राजारानी तथा मोरङको याङ्शीला र केराबारी हुँदै धनकुटा र मोरङसम्म आवतजावत गर्नसमेत सहज हुने वडाध्यक्ष लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भाद्र १० गते नेपाल-चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवाको नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता भएका छन्। नौकुण्डमा प्रत्यक्ष रूपमा बाढीले बस्तीमा ठूलो समस्या नपारेको भए तापनि कामको सिलसिलामा सीमानाका तथा जलविद्युत् आयोजनामा कार्यरत ६२ जना सम्पर्कमा नआएको गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलनले बताए। अधिकांश रसुवागढीस्थित टिमुरे र केरुङतर्फबाट हराएका हुन्। बाढीले जिल्लाका निजी ...
: भदौ १० गते एकाबिहानै भोटेकोशीमा उर्लिएर आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो। ठूलो मानवीय र भौतिक क्षतिले फेरि एकपटक नेपालमा गहिरिँदै गएको जलवायु संकटको चित्र सतहमा ल्याइदिएका छन्। विश्वव्यापी रूपमा नगण्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता साना राष्ट्रहरू नै जलवायु परिवर्तनको सबैभन्दा ठूलो मारमा परिरहेका छन्। हिमाली भेगमा हिउँ सुक्दै जानु, हिमतालहरू ...
। बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बागथला बजारबाट देउरातर्फ जाँदै गरेको सुपप्र. ०१–००१ ह ६०१२ नम्बरको अटो दिउँसो करिब २:३० बजे बागथला बजारको तल्लो बजार नजिक दुर्घटनामा परेको हो । अटो सडकबाट करिब २०० मिटर तल कालङ्गा खोलामा खसेको थियो । दुर्घटनामा बैतडीको सिगास गाउँपालिका–६ लेकमका १८ वर्षीय अटो चालक ...
। सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको भएको सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सेटमा हरायो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पर्दै खेलमा पकड बनाएको थियो । तेस्रो ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न न्युयोर्क जाने निश्चित भएको छ। आगामी असोज ८ गते दिउँसो महासभामा वक्ताका रूपमा उनले सम्बोधन गर्ने कार्यतालिका छ। कार्यभार सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो वैदेशिक भ्रमण हो। न्युयोर्कस्थित नेपाली नियोगको ताकेतापछि राष्ट्रसंघले संशोधित कार्यतालिका पठाएको र सोहीअनुसार तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ...