मुख्य समाचार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङस्थित थेराङ खोलाको बाढीले दुईवटा पुल र दुईवटा जलविद्युत् आयोजना बगाउँदा स्थानीयवासी संकटमा
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङस्थित थेराङ खोलाको बाढीले दुईवटा पुल र दुईवटा जलविद्युत् आयोजना बगाउँदा स्थानीयवासी संकटमा

: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङस्थित थेराङ खोलाको बाढीले दुईवटा पुल र दुईवटा जलविद्युत् आयोजना बगाउँदा स्थानीयवासी संकटमा परेका छन्। राति दुई बजेतिर पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गमा रहेका दुईवटा पुल र दुईवटा जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए।

थेराङ खोलाको बाढीले नाम्रुङबाट माथि जाने पुल बगाएको छ भने सोही बाढीका कारण बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल रहेको पुल पनि बगाएको छ। 'बाढीले त हामीलाई आपत्विपत्मा पार्यो,' उनले भने, 'माथि जाने पुल पनि बगायो, तल झर्ने पुल पनि बगायो। कतै जान पनि नमिल्ने भयो।' साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजना पनि जगैदेखि बगाएर लगेको उनले बताए। 'एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भई परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत् थियो, त्यो पनि लग्यो। अर्को पहिलेदेखि नै बालिरहेको १५ किलोवाटको जलविद्युत् थियो, त्यो पनि नामेट पारेर लग्यो।' आवतजावत र विद्युत् दुवै ठप्प हुँदा जनजीवन संकटमा पर्ने उनको चिन्ता छ।

विद्युत् नहुँदा बत्ती बाल्न, सञ्चार सेवा तथा विद्युत्बाट चल्ने सबै सेवा ठप्प भएका छन्। पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित भएको छ। लार्के पासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा अलपत्र परेका छन्।

पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाको घर बगाएको वडाअध्यक्ष पेमा ग्याल्बो लामाले बताए। बाढीले स्थानीय नुर्बु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

'भूकम्प आएजस्तै गरी गाउँ थर्काएछ, सबै ब्युँझिएछन्। अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,'स्थानीय फुर्बु ठिलेले भने, 'नत्र सबैलाई बढारेर लैजान्थ्यो।'

बाढीपीडित चार घरलाई तत्काल अल्पकालीन राहत दिने वडाअध्यक्ष पेमा ग्याल्बो लामाले बताए। 'घरको केही पनि जोगिएन, त्यसैले तत्काल आजै खाद्यान्न र लुगाकपडाका लागि २० हजार रुपैयाँका दरले राहत दिन्छौँ,' उनले भने, 'केही दिनमा गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँबराबरको राहत दिनेछौँ।' अन्यत्रबाट आउने राहतका लागि पनि पहल गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको भएको सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सेटमा हरायो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पर्दै खेलमा पकड बनाएको थियो । तेस्रो ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न न्युयोर्क जाने निश्चित भएको छ। आगामी असोज ८ गते दिउँसो महासभामा वक्ताका रूपमा उनले सम्बोधन गर्ने कार्यतालिका छ। कार्यभार सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो वैदेशिक भ्रमण हो। न्युयोर्कस्थित नेपाली नियोगको ताकेतापछि राष्ट्रसंघले संशोधित कार्यतालिका पठाएको र सोहीअनुसार तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ...
। गोरखाको चुमनुब्री गाउँपालिका-४ मा नाम्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ । गएराति साढे ३ बजेको समयमा आएको बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङका नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । भारी वर्षापछि नाम्रुङ खोलामा बाढी आउँदा एउटा फलामको पुलमा समेत क्षति पुगेको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले ...
: प्रधानमन्त्री बालेन शाहले संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुमाथि सरकार निर्मम हुने बताएका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक भएको र आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन्। पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरु अपराधि भएको शाहले बताएका ...
। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुनः पर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधतायुक्त यस ताललाई केही समय पहिला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो । तर आन्तरिक व्यवस्थापन र तालको पर्यटन प्रवर्द्धनमा बेवास्ता हुँदा लामो समय सुनसानप्राय बनेको तालमा फेरि एक पटक चहलपहल ...