मुख्य समाचार
त्रिशूली नदीसम्ममा आएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन
त्रिशूली नदीसम्ममा आएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन

। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्ममा आएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार कर्णाली प्रदेशका जिल्लाहरूबाट २४८ जना सम्पर्कविहीन भएकामा त्यसमध्ये हालसम्म ७८ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–१० पिपलनेटाका २० वर्षीय आयुष खड्का र हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्मा रहेको प्रहरीले जनाएको छ । शर्मा रसुवा भन्सार कार्यालयका अधिकृत हुन् ।

सम्पर्कविहीन जुम्लाका धेरै

प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन् । त्यसपछि सल्यानका ५१ जना, सुर्खेतका १५ छन् ।

यस्तै, मुगुका ११, रुकुम पश्चिमका सात, हुम्ला र कालीकोटका ६–६, दैलेखका पाँच, जाजरकोट र डोल्पाका २–२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा १४३ जना पुरुष, २६ जना महिला र चार जना बालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुनः पर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधतायुक्त यस ताललाई केही समय पहिला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो । तर आन्तरिक व्यवस्थापन र तालको पर्यटन प्रवर्द्धनमा बेवास्ता हुँदा लामो समय सुनसानप्राय बनेको तालमा फेरि एक पटक चहलपहल ...
: विराटनगरमा ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने परम्पराअनुसार शनिबार विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगरका विभिन्न क्षेत्रको परिक्रमापछि पुनः मन्दिरमै पुगेर सम्पन्न भएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिवत् पूजाआजा गरी रथयात्राको उद्घाटन गरेपछि राधाकृष्णको युगल जोडी सवार रथ तान्न सुरु गरिएको थियो। रथयात्रामा विराटनगरसहित ...
। धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगर भन्छन्, ‘पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने ...
। कैलालीमा सशस्त्र प्रहरीले चरेससहित कटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईंयाफाँटाको टोलीले कैलारी गाउँपालिका–७ को पुरानो भुईयाफाँटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र एक किलो ५० ग्राम चरेस बरामद गरिएको जनाएको छ । सशस्त्र प्रहरीकाअनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा पेस्तोल र लागुऔषध चरेस फेला परेको ...
: प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफूलाई एक्लो नठान्न पीडित नागरिकहरुलाई आग्रह गरेका हुन्। ‘हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।,’ शाहले लेखेका छन्। शनिबार बिहान ...