मुख्य समाचार
न्युयोर्क सहरका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न अस्थायी रोक
न्युयोर्क सहरका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न अस्थायी रोक

। अमेरिकाको न्युयोर्क सहरका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न अस्थायी रोक लगाइएको छ ।

न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी शैक्षिक सत्रदेखि प्राथमिक र मिडिल स्कुलका विद्यार्थीलाई एआई प्रयोग गर्न नदिइने घोषणा गरेका छन् । यो निर्णयबाट झण्डै ६ लाख विद्यार्थी प्रभावित हुने बीबीसीले जनाएको छ ।
मेयर ममदानीले बालबालिकाको सिकाइ र विकासका लागि शिक्षक तथा मानवीय सम्बन्ध महत्वपूर्ण रहेको भन्दै उक्त घोषणा गरेका हुन् । विद्यार्थीले साथीहरूसँग सहकार्य गर्दै सीप विकास गर्ने, शिक्षकसँग सम्बन्ध स्थापित गर्ने र जटिल समस्याको समाधान आफैं गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ ।

जनरेटिभ एआई भनेको च्याटजीपीटीजस्तै प्रयोगकर्ताले दिएको निर्देशन वा ‘प्रम्प्ट’का आधारमा विभिन्न सामग्री तयार गर्न सक्ने प्रविधि हो ।

ममदानीले विद्यालयमा विद्यार्थीको स्क्रिन टाइमसम्बन्धी नयाँ मापदण्ड लागू गरिने पनि बताएका छन् । तीनदेखि पाँच कक्षासम्मका विद्यार्थीको विद्यालयमा स्क्रिन टाइम दैनिक ३० मिनेट र ६ देखि ८ कक्षासम्मका लागि ४५ मिनेटमा सीमित गर्न सिफारिस गरिएको छ ।

विद्यार्थीहरूलाई ‘कम्पेनियन च्याटबट’ प्रयोग गर्नसमेत रोक लगाइएको छ । माध्यामिक तहका विद्यार्थीलाई वर्षमा दुईपटक एआईसम्बन्धी शिक्षा दिइने र वर्षभरि एआई शिक्षासम्बन्धी कार्यक्रमको समीक्षा गरिने बताइएको छ ।

मेयर ममदानीले यो नीति स्थायी नभएको बताएका छन् । नीति कार्यान्वयनको प्रभावकारिताबारे एक वर्षसम्म निगरानी गरिने र आवश्यकताअनुसार परिवर्तन गर्न सकिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ (ईयू) ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री नेपाल ल्याइएको हो। ईयूले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप ५ लाख युरो उपलब्ध गराउने भएको छ। उक्त रकमबाट स्थानीय टोलीहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री तथा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर रुस र युक्रेनको भ्रमणमा जाने भएका छन् । उनीहरू रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रयासस्वरूप भ्रमणमा जान लागेका हुन् । भ्रमणबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले उनीहरू युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर जान लागेको बताएका छन् । ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिकासँग ठोस प्रस्ताव रहेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानस्थित रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'माउन्ट कलाङ' मा अमेरिकाले छिट्टै हमला गर्न सक्ने चेतावनी दिएका छन्। शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। नतान्ज आणविक संयन्त्रनजिकै रहेको माउन्ट कलाङ दुईवटा गहिरा सुरुङहरू भएको एक अत्यन्त सुरक्षित र किल्लाजस्तै सैन्य ठेगाना मानिन्छ। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी ...
। विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेकी छन्। भिडियोमार्फत अपिल गर्दै थनवर्गले नेपाललाई दिइने सहयोगलाई ‘सहायता’ वा ‘उदारता’का रूपमा नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्ने बताएकी छन् । उनका अनुसार विकसित मुलुकहरूले जलवायु परिवर्तनबाट सिर्जित क्षतिको जिम्मेवारी लिँदै नेपालजस्ता देशलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ। ‘नेपाललाई ...
। चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढीपहिरो प्रभावित नेपालका लागि दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ। सिजाङ स्वायत्त क्षेत्रबाट पठाइएको उक्त सामग्री शुक्रबार सिगात्सेको रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सहयोग सामग्रीमा बेली प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायतका सामग्री छन् । यी सामग्रीबाट दुईवटा बेलिब्रिज ...