मुख्य समाचार
जापानस्थित दिपओए जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन आर्थिक सहयोग
जापानस्थित दिपओए जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन आर्थिक सहयोग

। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जापानस्थित दिपओए जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन आर्थिक सहयोग गरेको छ।

कम्पनीका निर्देशक एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार, बाढीपीडितको घाउमा मलम लगाउन कम्पनीको संस्थागत तर्फबाट ३० लाख येन र त्यहाँ कार्यरत कर्मचारीका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख येन संकलन गरिएको हो।

संकलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा जम्मा गरिसकिएको सुवेदीले अनलाइनखबरलाई जानकारी दिए।

प्रवासमा रहे पनि मातृभूमिमा परेको महाविपद् र नागरिकको पीडामा साथ दिन सहयोग रकम पठाइएको उनको भनाइ छ। ‘देश विपत्तिमा परेको बेला हामी प्रवासमा रहे पनि मातृभूमिको पीडामा साथ दिन चाहन्छौँ, त्यही उद्देश्यले यो सहयोग गरेका हौँ,’ सुवेदीले भने।

दिपओए कम्पनीले हाल जापानका विभिन्न शहरहरूमा २२ वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएको छ। यसअघि पनि विभिन्न विपद्का बेला प्रवासी नेपालीहरूले उल्लेख्य आर्थिक सहयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवा बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान गरेको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता व्यवस्थापन क्षेत्रमा राजदूत मायदाले जापान सरकार र जापानी जनताका तर्फबाट आपतकालीन राहत सामग्री मन्त्री पुनलाई हस्तान्तरण गरेका हुन्। जापान सरकारले उपलब्ध गराएको राहत ...
। नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोको विषयलाई लिएर नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो करिब उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ। समवेदना र बेपत्ता नागरिकको खोजीमा चासो वार्ताको सुरुमै जापानी प्रधानमन्त्री ताकाइचीले गत अगस्ट २६ मा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति ...
। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ । रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ...
। जापानले विदेशी श्रमिक लैजान सुरु गर्न लागेको नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रमका लागि नेपालसँग गर्नुपर्ने सम्झौता हुन सकेको छैन । जापानले पठाएको सम्झौताको मस्यौदामा रहेको सेवा शुल्कसम्बन्धी प्रावधानमा नेपालले सहमति जनाउन नसक्दा सम्झौता प्रक्रिया लम्बिएको हो । जापानले नयाँ कार्यक्रम कार्यान्वयनअघि नै नेपाललाई सम्झौता गर्न मस्यौदा पठाएको थियो । नेपाललाई तीन महिनाको समय ...
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...