मुख्य समाचार
प्रधानमन्त्रीले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए
प्रधानमन्त्रीले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए

। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् ।

‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताएका छन् ।

उनले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको पनि उल्लेख गरेका छन् ।

त्यसका लागि तीनवटै तहका सरकार र सम्बन्धित सबै सरोकारवालाको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।

उनले मानव बेचबिखनविरुद्धको अभियानमा संघीय सरकारका अतिरिक्त प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

‘हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,’ प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गरेका छन् ।

उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सरकारको प्रतिबद्धतामा साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खाना पकाउने ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा)भित्रै असन्तुष्टि देखा परेको छ । असन्तुष्ट सांसदहरूले यो विषयलाई लिएर संसद्‌मा विरोध जनाउने तयारी गरेका छन् । प्रतिनिधिसभाको बैठक भदौ २४ गते बस्दैछ । उक्त बैठकमा यो विषयलाई लिएर सम्बन्धित निकायलाई दबाब सिर्जना हुनेगरी कुरा उठ्ने बताउँछन्, रास्वपाकै सांसद बदन भण्डारी । ‘अहिले संसद् नभएकाले मात्र वातावरण शान्त ...
। भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनास्थलमा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्। खोजी तथा उद्धारका लागि नेपाली सेनाको ...
। रसुवा बाढीले प्रभावित जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उत्खननका लागि एक्स्काभेटर थपिँदैछ । उत्खनन तथा उद्धारको लागि ३ वटा एक्सााभेटर प्रयोग भैरहेकोमा उत्खनन कार्यलाई अझै तीव्रताका साथ अगाडि बढाउनको लागि थप एक्स्काभेटर सहयोगको लागि आयोजना स्थलबाटै सडक डिभिजन कार्यालय नुवाकोटलाई पत्रचार भएको छ । त्रिशूली ३ ए को सर्भे टोलीले त्यसस्थानमा पुगेर सर्वेक्षण कार्य सम्पन्न गरी पावरहाउससहित ...
। चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखिएको छ । भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ । हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका ...
। पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक जनाको सकुशल उद्धार भएको छ । उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेका थिए । उक्त सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. ...