मुख्य समाचार
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा

। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले १८ भदौको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयले सहसचिव श्रवणकुमार पोखरेललाई झापा र सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको को प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई बारा र बाराका प्रजिअ धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय, खोटाङकी प्रजिअ रेखा कँडेललाई दोलखा र दोलखाका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, रौतहटका प्रजिअ दिनेश सागर भुसाललाई गृह मन्त्रालय, रोल्पाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई पर्वत र पर्वतका प्रजिअ लक्ष्मीप्रसाद पौडेललाई रौतहटको जिम्मेवारी दिइएको छ ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत वेदराज फुयाँललाई डडेलधुराको प्रजिअ र डडेलधुराका प्रजिअ अमरबहादुर वलीलाई बाँकेको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुर, बाँकेका सहायक प्रजिअ महेशकुमार गुरुङलाई खोटाङ, उपसचिव बन्दना केसीलाई सल्यान र गणेश गैरैलाई म्याग्दीको प्रजिअको जिम्मेवारी दिइएको छ ।

यसैगरी बागलुङका सहायक प्रजिअ नवराज बराललाई जाजरकोटको प्रजिअका रूपमा पठाइएको छ । अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालय ल्याइएको छ ।

मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको सरुवा लागू औषध नियनत्रण विभाग, काठमाडौंमा भएको छ । मन्त्रालयकै उपसचिव कुलशेखर अर्याललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रजिअ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विश्वको वातावरणीय सन्तुलन र जलवायु संरक्षणमा नेपालले महत्वपूर्ण योगदान दिँदै आए पनि नेपाली जनताले हरेक वर्ष बाढी, पहिरो तथा अन्य जलवायुजन्य विपद्को पीडा भोग्नुपरेको बताएकी छन् । साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरू उपस्थितिमा सम्मेलनमा उनले यस्तो बताएकी हुन् नेपालको ...
। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् । ‘प्रविधिको सही ...
। विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ। राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु भएको रथयात्राले बजार क्षेत्र परिक्रमा गर्नेछ। विराटनगरको पानीट्यांकी चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने देखिएको टिप्पणी गरेका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । शनिवार कामठाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भएपनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको बताए । पछिल्लो ...