मुख्य समाचार
बाढी प्रभावितका लागि सिलिकोन एजुकेशनद्वारा पौने ८ लाख सहयोग
बाढी प्रभावितका लागि सिलिकोन एजुकेशनद्वारा पौने ८ लाख सहयोग

। रसुवा, नुवाकोट लगायत देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्‌बाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि सिलिकोन एजुकेशनले आर्थिक सहयोग गरेको छ।

सिलिकोन एजुकेशन परिवारले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ७ लाख ७७ हजार ७७७ रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ।

विपद्को यस कठिन घडीमा ‘पीडामा पनि सँगै, पुनर्निर्माणमा पनि सँगै’ भन्ने भावनाका साथ प्रभावित क्षेत्रमा तत्काल राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा सघाउ पुर्‍याउन उक्त रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

निजी क्षेत्र तथा अन्य सामाजिक संस्थाहरूलाई पनि विपद् व्यवस्थापन र पुनर्निर्माणमा हातेमालो गर्न यस कदमले प्रेरित गर्ने विश्वास सिलिकोन एजुकेशनले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् । ‘प्रविधिको सही ...
। विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ। राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु भएको रथयात्राले बजार क्षेत्र परिक्रमा गर्नेछ। विराटनगरको पानीट्यांकी चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने देखिएको टिप्पणी गरेका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा ...
। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले १८ भदौको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले सहसचिव श्रवणकुमार पोखरेललाई झापा र सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको को प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । शनिवार कामठाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भएपनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको बताए । पछिल्लो ...