मुख्य समाचार
ट्रम्पले इरानस्थित रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'माउन्ट कलाङ' मा अमेरिकाले छिट्टै हमला गर्न सक्ने चेतावनी
ट्रम्पले इरानस्थित रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'माउन्ट कलाङ' मा अमेरिकाले छिट्टै हमला गर्न सक्ने चेतावनी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानस्थित रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'माउन्ट कलाङ' मा अमेरिकाले छिट्टै हमला गर्न सक्ने चेतावनी दिएका छन्। शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

नतान्ज आणविक संयन्त्रनजिकै रहेको माउन्ट कलाङ दुईवटा गहिरा सुरुङहरू भएको एक अत्यन्त सुरक्षित र किल्लाजस्तै सैन्य ठेगाना मानिन्छ।

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी विवादलाई धेरै ठूलो विषय नभएको दाबी गरे। 'धेरै मानिसहरू यसलाई युद्ध भन्दैनन्। म यसलाई केवल एक सैन्य सङ्घर्ष भन्छु, किनभने यो हाम्रा लागि धेरै सामान्य कुरा हो,' उनले भने, 'यो कुनै ठूलो विषय होइन।'

आफ्नो दाबीको पुष्टि गर्दै ट्रम्पले भेनेजुएला र भियतनामसँग तुलना गरे। उनले भने, 'हामीले भेनेजुएलामा कारबाही गर्यौँ र त्यसलाई निष्कर्षमा पुर्यायौँ, जहाँ हाम्रोतर्फ कुनै जनधनको क्षति भएन। इरानसँगको सङ्घर्षमा हामीले १८ जना गुमाएका छौँ, जबकि भियतनाम युद्धमा हाम्रा एक लाख मानिस मारिएका थिए।'

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि इरानमा विगत केही महिनादेखि जारी अमेरिकी सैन्य कारबाहीलाई 'युद्ध' भन्न नमिल्ने बताएका छन्। उनले पनि यसलाई 'सैन्य सङ्घर्ष' को संज्ञा दिँदै अमेरिकाका लागि यो 'अत्यन्तै सामान्य'मामिला भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेकी छन्। भिडियोमार्फत अपिल गर्दै थनवर्गले नेपाललाई दिइने सहयोगलाई ‘सहायता’ वा ‘उदारता’का रूपमा नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्ने बताएकी छन् । उनका अनुसार विकसित मुलुकहरूले जलवायु परिवर्तनबाट सिर्जित क्षतिको जिम्मेवारी लिँदै नेपालजस्ता देशलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ। ‘नेपाललाई ...
। चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढीपहिरो प्रभावित नेपालका लागि दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ। सिजाङ स्वायत्त क्षेत्रबाट पठाइएको उक्त सामग्री शुक्रबार सिगात्सेको रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सहयोग सामग्रीमा बेली प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायतका सामग्री छन् । यी सामग्रीबाट दुईवटा बेलिब्रिज ...
: दक्षिण अमेरिकी मुलुक बोलिभियाको एक सैन्य ब्यारेकमा भएको भीषण विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। घटनामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन्। बोलिभियाका रक्षा मन्त्री अर्नेस्टो हुस्टिनियानोका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो करिब २:३० बजे आर्टिलरी रेजिमेन्ट तैनाथ रहेको ब्यारेकमा राखिएका 'पाइरोटेक्निक सामग्री' (पटका तथा आतिशबाजीका सामान) विष्फोट भएको ...
। जर्जिया मेलोनी दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्री बनेकी छन् । यस उपलब्धिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरा मित्र र प्रधानमन्त्री जर्जिया मेलोनीलाई दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बनेकोमा बधाई । यो उपलब्धिले उहाँको नेतृत्वमा ...
। इरानमा मङ्गलबार भएको सैन्य आक्रमणका क्रममा एक विवाह समारोहमा नागरिक हताहत भएको घटनाबारे अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले समीक्षा सुरु गरेको छ। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका छन्। उक्त घटना अमेरिकी आक्रमणकै कारण भएको पुष्टि भइनसके पनि यो छ महिनाअघि युद्ध सुरु भएयताकै ठूलो नागरिक हताहतीको घटनामध्ये एक हो। युद्धको पहिलो दिन एक विद्यालयमा ...