। एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शुक्रबार इप्स्वीच टाउनलाई २–० ले पराजित गरेको छ । यस सिजन लिभरपुलको लगातार दुई बराबरीपछि यो पहिलो जित हो ।
नयाँ प्रशिक्षक एन्डोनी इराओलाको लागि पनि लिगमा यो पहिलो जित हो र यो जितले राहत मिलेको छ ।
गत वर्ष कीर्तिमान १२५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका इसाकले सुरुवाती १० मिनेट भित्रै दुई गोल गरेका थिए । स्वीडेनका अन्तर्राष्ट्रिय खेलाडी इसाकले खेलको छैटौं र नवौं मिनेटमा गोल गरे । दुवै गोलका लागि कोडी गाक्पोले इसाकलाई असिस्ट गरेका थिए ।
यस्तै लिभरपुलका लागि ब्राडली बारकोलाले डेब्यु पनि गरे । उनी ६४औं मिनेटमा भिक्सटर मुनोजको स्थानमा सब्सिच्युट खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका हुन् ।
यसअघि नयाँ सिजनमा लिभरपुलले न्युकासल युनाइटेड र नटिंघम फरेस्टसँग बराबरी खेलेको थियो । पहिलो जितपछि लिभरपुलको तीन खेलबाट ५ अंक जोडेको छ र पाँचौ स्थानमा उक्लेको छ ।
दोस्रो हार बेहोरेको इप्स्वीच टाउन भने ३ अंकका साथ १३औं स्थानमा छ ।