मुख्य समाचार
यूएईमा नेपाली प्रिमियर लिग हुँदै
यूएईमा नेपाली प्रिमियर लिग हुँदै

। संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न तथा स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्न ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण हुने भएको छ ।

आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।




लिगमा नेपालिज क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज, एभरेस्ट वारियर्स अबुधाबी र नेपाल टाइटन्स क्रिकेट क्लब गरी ४ टोलीबीच कुल ७ खेलमा प्रतिस्पर्धा हुनेछ । खेलहरू प्रत्येक शनिबार राति ९ः०० बजे र ११ः५९ बजे हुनेछन् भने सेप्टेम्बर २६ मा फाइनल खेल र समापन समारोह राखिएको छ ।

दुबईस्थित हिल्टन होटलमा आयोजकले पत्रकार सम्मेलन गर्दै जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ र नेपाल कन्सुलेट जनरल (दुबई) का कन्सुल कुञ्जन शाहले प्रवासी नेपाली प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।



नियमअनुसार १७ सदस्यीय टोलीको ११ सदस्यीय खेल सेटमा कम्तीमा ९ जना नेपाली र बढीमा ३ जना विदेशी खेलाडी समावेश गर्न पाइनेछ । विजेताले ५ हजार यूएई दिराम र उपविजेताले २ हजार दिरामसहित ट्रफी, पदक र व्यक्तिगत विधाका पुरस्कार प्राप्त गर्नेछन् ।

दर्शकको सुविधाका लागि आयोजकले बुर्ज दुबई, अल क्वोज र सोनापुरबाट मैदानसम्म निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजकले नेपालका बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरेको छ ।

मुख्य प्रायोजक जीसीडी ग्रुप र प्लाटिनियम स्पोन्सर अल फरदान एक्सचेन्ज रहेको यो प्रतियोगिताले यूएईमा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

संयुक्त अरब इमिरेट्समा नेपाली क्रिकेटको विकास र प्रवद्र्धनका साथै त्यहाँ रहेका नेपाली खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण आयोजना हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम