मुख्य समाचार
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु

: पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन्।

पिलुवाबाट प्र. २–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाएर पथलैयातर्फ आउँदै गरेका चौरेललाई विपरित दिशाबाट जाँदै गरेको ना १ अयो १३४ नम्बर लेखिएको टिपरले बैजुरा पुलमा ठक्कर दिएको थियो। घटनालगत्तै चौरेललाई गण्डकस्थित बयोधा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले चालकसहित टिपरलाई नियन्त्रणमा लिएको छ। चौरेल कलैया उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वाका शिक्षक रहेको स्थानीयले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी हालसम्म ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी-पहिरोमा परी १ हजार ३ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई शव आफन्तलाई बुझाइएको ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडकमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी खनिएको ट्र्याक आज जोडिएको हो। ट्र्याक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन ‘डाउन’ अर्थात् सम्याउने काम सुरु गरिने भएको छ। सडक सम्याउने तथा आवश्यक मर्मत कार्य पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला ...
: माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप (डिजास्टर) विज्ञ टोलीको संयुक्त प्रयासमा चिनियाँ नागरिक लुहाइताओको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो। उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएलगत्तै थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली ...
। नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा हुम्ला सदरमुकाम तथा आसपासको क्षेत्रका नागरिकहरु मोबाइलसमेत चार्ज गर्न नपाउदा समस्यामा परेका छन्। नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट-९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति ...
: नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारमा बाढीले पुरिएको घरबाट ११ दिनपछि जीवितै उद्धार गरिएकी महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरमा अड्किएकी चन्द्रिका श्रेष्ठलाई सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो। उद्धारलगत्तै उनलाई थप उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक ...