मुख्य समाचार
प्रचण्डले बाढी प्रभावितहरुको उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताए
प्रचण्डले बाढी प्रभावितहरुको उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताए

: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावितहरुको उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन्।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भएपनि समयमै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था देखिएको बताए।

आगामी दिनमा विपद् व्यवस्थापन र उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। प्रचण्डले त्रास, भय वा दबाब सिर्जना गरेर काम गराउने प्रवृतिले कर्मचारीको मनोबल उच्च रहन नसक्ने भन्दै असल नेतृत्व, समर्पण, नीति तथा योजनाको सही कार्यान्वयनमार्फत उत्प्रेरित र कर्तव्यनिष्ठ बनाउने धारणा राखे। विपद्को घडीमा त्रास देखाएर नभइ कर्मचारीहरूलाई अझ बढी प्रेरित र जिम्मेवार बनाएर निष्ठापूर्वक काममा खटाउनुपर्नेमा उनले जोड दिए। प्रचण्डले हाल देशको राजनीति, कर्मचारी संयन्त्र र राज्यका सम्पूर्ण निकायहरूमा एक प्रकारको अन्योल, अनिश्चय र अस्थिरताको अवस्था देखिएको उल्लेख गरे।

सरकारलाई सुरुदेखि नै ‘राम्रो काम गरे समर्थन र सहयोग, नराम्रो गरे विरोध र आलोचना गर्ने’ नीति राखिएको भएपनि हाल सरकारका लक्षणहरू सकारात्मक नदेखिएको टिप्पणी प्रचण्डले उल्लेख गरे। लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज र आम जनता सबै सचेत हुनुपर्ने खाँचो रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी हालसम्म ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी-पहिरोमा परी १ हजार ३ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई शव आफन्तलाई बुझाइएको ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडकमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी खनिएको ट्र्याक आज जोडिएको हो। ट्र्याक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन ‘डाउन’ अर्थात् सम्याउने काम सुरु गरिने भएको छ। सडक सम्याउने तथा आवश्यक मर्मत कार्य पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला ...
: माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप (डिजास्टर) विज्ञ टोलीको संयुक्त प्रयासमा चिनियाँ नागरिक लुहाइताओको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो। उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएलगत्तै थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली ...
। नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा हुम्ला सदरमुकाम तथा आसपासको क्षेत्रका नागरिकहरु मोबाइलसमेत चार्ज गर्न नपाउदा समस्यामा परेका छन्। नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट-९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति ...
: नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारमा बाढीले पुरिएको घरबाट ११ दिनपछि जीवितै उद्धार गरिएकी महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरमा अड्किएकी चन्द्रिका श्रेष्ठलाई सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो। उद्धारलगत्तै उनलाई थप उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक ...