मुख्य समाचार
बुटवलको तिनाउ नदीमाथि आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको छ
बुटवलको तिनाउ नदीमाथि आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको छ

। बुटवलको तिनाउ नदीमाथि आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको छ । सडक विभागअन्तर्गत विकास सहयोग कार्यान्वयन महाशाखाले निकालेको ठेक्का चिनियाँ कम्पनी एम/एस आनहुई सिजियान होल्डिङ ग्रुपले प्राप्त गरेको छ ।

विभागले ३ सेप्टेम्बर २०२६ मा जारी गरेको ठेक्का सूचनाअनुसार उक्त चिनियाँ कम्पनीले भ्याट तथा पीएससहित एक अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा ठेक्का पाएको छ ।


निर्माण अवधि तीन वर्ष र त्यसपछि पाँच वर्षको ‘डिफेक्ट नोटिफिकेसन पिरियड’ गरी परियोजनाको कुल अवधि आठ वर्ष तोकिएको प्रोजेक्ट डाइरेक्टर अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।

बुटवल–गोरुसिङ्गे सडकखण्डअन्तर्गत तिनाउ नदीमा नयाँ पुल र पहुँच सडक निर्माण गर्ने उद्देश्यले यो पुल निर्माण हुँदैछ ।

विभागको सूचनाअनुसार पुलको लम्बाइ करिब २४० मिटर हुनेछ । दुवैतर्फको पहुँच सडकको लम्बाइ न्यूनतम ९८० मिटर रहने भनिएको छ ।

संरचना दुईतर्फी अर्थात् ट्विन क्यारिज–वे अवधारणामा निर्माण हुनेछ । प्रोजेक्ट डाइरेक्टर अर्यालले चिनियाँ कम्पनीलाई ठेक्का सम्झौताका लागि सूचना निकालेर आह्वान गरिसकिएको र सम्झौता भएपछि काम अघि बढ्ने बताए ।

महत्वपूर्ण योजना

तिनाउको सिग्नेचर ब्रिज बुटवलको दीर्घकालीन पूर्वाधार योजनामध्ये महत्वपूर्ण आयोजना मानिएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण सुरु गर्ने घोषणा गरिएको थियो । त्यो बेला सरकारले विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा नारायणी र तिनाउसहित विभिन्न स्थानमा यस्ता पुल निर्माण गर्ने कार्यक्रम अघि बढाएको थियो ।

तिनाउ नदीमा निर्माण हुने यो पुल आसपास रहेको ऐतिहासिक जितगढी किल्लालाई समेत पर्यटनसँग जोड्ने उद्देश्यसहित परिकल्पना गरिएको छ ।

प्रोजेक्ट डाइरेक्टर अर्यालका अनुसार सिग्नेचर ब्रिज सामान्य पुलभन्दा फरक हुन्छ । सहर वा कुनै क्षेत्रको पहिचान बन्ने गरी विशेष वास्तुकला, आकर्षक डिजाइन र आधुनिक इन्जिनियरिङ प्रयोग गरेर निर्माण गरिएको ‘आइकोनिक’ पुललाई सिग्नेचर ब्रिज भनिन्छ ।

यस्ता पुलको उद्देश्य नदी वारपार गर्ने सुविधासँगै सहरको ल्यान्डमार्क, पर्यटकीय आकर्षण र आधुनिक पूर्वाधारको प्रतीक बन्ने गरी डिजाइन गरिन्छ ।

‘आकर्षक र आधुनिक डिजाइनले बुटवलको पर्यटन सम्भावनालाई एउटै संरचनामा जोड्ने सिग्नेचर ब्रिजको विशेषता हो’, अर्यालले भने, ‘पुरानो पुलको विकल्प मात्रै होइन,यसले बुटवलको परिचय र पहिचान नै बदल्नसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी हालसम्म ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी-पहिरोमा परी १ हजार ३ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई शव आफन्तलाई बुझाइएको ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडकमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी खनिएको ट्र्याक आज जोडिएको हो। ट्र्याक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन ‘डाउन’ अर्थात् सम्याउने काम सुरु गरिने भएको छ। सडक सम्याउने तथा आवश्यक मर्मत कार्य पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला ...
: माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप (डिजास्टर) विज्ञ टोलीको संयुक्त प्रयासमा चिनियाँ नागरिक लुहाइताओको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो। उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएलगत्तै थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली ...
। नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा हुम्ला सदरमुकाम तथा आसपासको क्षेत्रका नागरिकहरु मोबाइलसमेत चार्ज गर्न नपाउदा समस्यामा परेका छन्। नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट-९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति ...
: नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारमा बाढीले पुरिएको घरबाट ११ दिनपछि जीवितै उद्धार गरिएकी महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरमा अड्किएकी चन्द्रिका श्रेष्ठलाई सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो। उद्धारलगत्तै उनलाई थप उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक ...