मुख्य समाचार
जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग
जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग

। विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेकी छन्।

भिडियोमार्फत अपिल गर्दै थनवर्गले नेपाललाई दिइने सहयोगलाई ‘सहायता’ वा ‘उदारता’का रूपमा नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्ने बताएकी छन् ।

उनका अनुसार विकसित मुलुकहरूले जलवायु परिवर्तनबाट सिर्जित क्षतिको जिम्मेवारी लिँदै नेपालजस्ता देशलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ।

‘नेपाललाई दिइनुपर्ने रकम सहायता होइन, जलवायु ऋण हो,’ थनवर्गले भनेकी छन्। जलवायु संकटबाट भएको क्षतिको बदलामा दिइने रकमलाई विकसित देशहरूले आफ्नो इच्छाअनुसार दिने वा नदिने उपहारका रूपमा हेर्न नहुने उनको भनाइ छ।

थनवर्गले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरूमा नेपालजस्ता देशको चर्चा हुने गरे पनि निर्णय प्रक्रियामा उनीहरूको आवाज पर्याप्त रूपमा नसुनिएको बताएकी छन्।

नेपाललाई अरू कसैको प्रस्तुतीकरणमा ‘केस स्टडी’का रूपमा मात्र प्रस्तुत गर्ने होइन, निर्णय हुने ठाउँमै नेपालको आवाज सुनिश्चित गर्न आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।

नेपालमा भइरहेको मानवीय क्षति र जनजीविकामा परेको असरलाई बेवास्ता गर्न नहुने भन्दै उनले आफू र विश्वव्यापी जलवायु न्याय आन्दोलन नेपालका जनतासँग उभिने घोषणा गरिन् ।

उनले नेपालका साथै संकटबाट प्रभावित समुदायप्रति पनि ऐक्यबद्धता व्यक्त गरेकी छन्।

थनवर्गले नेपालले जलवायु संकट सिर्जना गर्नमा नगण्य भूमिका खेले पनि त्यसको असर भोग्दै आएको उल्लेख गर्दै विकसित विश्वलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेकी छन्।

‘यो नेपालले विश्वलाई आफूले सिर्जना नगरेको समस्याको सफाइ गरिदिन आग्रह गरेको होइन,’ उनको अपिल छ, ‘नेपालले आफ्नो तर्फबाट ठूलो जिम्मेवारी पूरा गरिसकेको छ र उसले आफूले नबनाएको समस्याको सामना गरिरहेको छ।’

उनले ‘नेपालका लागि न्याय’ माग गर्दै विश्व समुदायलाई जलवायु संकटको जिम्मेवारी र क्षतिपूर्तिको प्रश्नलाई गम्भीरतापूर्वक लिन आह्वान गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढीपहिरो प्रभावित नेपालका लागि दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ। सिजाङ स्वायत्त क्षेत्रबाट पठाइएको उक्त सामग्री शुक्रबार सिगात्सेको रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सहयोग सामग्रीमा बेली प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायतका सामग्री छन् । यी सामग्रीबाट दुईवटा बेलिब्रिज ...
: दक्षिण अमेरिकी मुलुक बोलिभियाको एक सैन्य ब्यारेकमा भएको भीषण विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। घटनामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन्। बोलिभियाका रक्षा मन्त्री अर्नेस्टो हुस्टिनियानोका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो करिब २:३० बजे आर्टिलरी रेजिमेन्ट तैनाथ रहेको ब्यारेकमा राखिएका 'पाइरोटेक्निक सामग्री' (पटका तथा आतिशबाजीका सामान) विष्फोट भएको ...
। जर्जिया मेलोनी दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्री बनेकी छन् । यस उपलब्धिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरा मित्र र प्रधानमन्त्री जर्जिया मेलोनीलाई दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बनेकोमा बधाई । यो उपलब्धिले उहाँको नेतृत्वमा ...
। इरानमा मङ्गलबार भएको सैन्य आक्रमणका क्रममा एक विवाह समारोहमा नागरिक हताहत भएको घटनाबारे अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले समीक्षा सुरु गरेको छ। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका छन्। उक्त घटना अमेरिकी आक्रमणकै कारण भएको पुष्टि भइनसके पनि यो छ महिनाअघि युद्ध सुरु भएयताकै ठूलो नागरिक हताहतीको घटनामध्ये एक हो। युद्धको पहिलो दिन एक विद्यालयमा ...
। अस्ट्रेलियामा चिनियाँ गाडीहरूको बढ्दो लोकप्रियतासँगै विद्युतीय सवारी साधनको बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ। ‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसीएआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अगस्ट महिनामा अस्ट्रेलियामा बिक्री भएका कुल नयाँ सवारी साधनमध्ये ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ (बीईभी) को हिस्सा २४.९ प्रतिशत पुगेको छ। यसअघि गत जुन महिनामा यस्तो हिस्सा २३.३ प्रतिशत रहेको थियो। बढ्दो इन्धनको मूल्यका ...