मुख्य समाचार
विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्राको ५९औँ संस्करण सुरु
विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्राको ५९औँ संस्करण सुरु

: कोशी प्रदेशको राजधानी विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्राको ५९औँ संस्करण सुरु भएको छ। शनिबार दिउँसो करिब ३ः३० बजेदेखि राधाकृष्ण मन्दिर परिसरबाट रथयात्रा सुरु भएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्णको विधिवत् पूजाआजा गरी रथयात्राको शुभारम्भ गरेपछि भक्तजनले रथ तान्न थालेका हुन्। रथयात्रामा विराटनगरसहित नेपालका विभिन्न स्थानबाट आएका भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । भारतका सीमावर्ती क्षेत्रबाट समेत भक्तजन सहभागी भएका छन्।

आयोजकले यस वर्ष रथयात्रामा करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरेको छ। भक्तजनको बाक्लो उपस्थितिका कारण विराटनगरका विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै चहलपहल बढेको छ। रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

भिड व्यवस्थापन, रथयात्राको निगरानी तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले ड्रोनबाट समेत निगरानी गरिरहेको छ। रथयात्राका क्रममा उच्छृंखल गतिविधि गर्ने तथा आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

यस वर्ष रथयात्रामा डीजे साउन्डको प्रयोग गरिएको छैन । धार्मिक कार्यक्रमको मौलिकता र आध्यात्मिक वातावरणलाई प्राथमिकता दिँदै आयोजकले डीजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिएको हो।

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भएर तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ । त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्रा समापन हुनेछ । करिब आठ किलोमिटर दुरी तय हुने रथयात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ।

राधाकृष्ण रथयात्रालाई विराटनगरको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा लिइन्छ । प्रत्येक वर्ष नेपालका विभिन्न स्थानसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन सहभागी हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मत कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ ...
: पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन्। पिलुवाबाट प्र. २–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाएर पथलैयातर्फ आउँदै गरेका चौरेललाई विपरित दिशाबाट जाँदै गरेको ना १ अयो १३४ नम्बर लेखिएको टिपरले बैजुरा पुलमा ठक्कर दिएको ...
। जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ । विराटनगर- ८ मा रहेको कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो । झडपपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए । उनका अनुसार ‘बी ब्लक’ १९ जनालाई निकालिएको हो । कैदीबन्दीलाई यातना दिएको र रकम असुल गरेको भन्दै अर्को पक्षले चौकीदार विशाल ...
प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी
: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावितहरुको उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भएपनि समयमै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था ...