मुख्य समाचार
घरको ट्रष्ट निर्माणको काम गर्ने क्रममा एक तलामाथिबाट खसेर एक जना मजदुरको मृत्यु
घरको ट्रष्ट निर्माणको काम गर्ने क्रममा एक तलामाथिबाट खसेर एक जना मजदुरको मृत्यु

: विराटनगरमा घरको ट्रष्ट निर्माणको काम गर्ने क्रममा एक तलामाथिबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१२ दरैयाका ३६ वर्षीय गौरव राजवंशी रहेका छन्।

उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित वन कार्यालय नजिक बिजुकुमार थापाको घरमा ट्रष्ट निर्माणको काम भइरहेको थियो । सोही क्रममा बिहान करिब १० बजे राजवंशी एक तलामाथिबाट भुइँमा खसेका थिए।

घटनामा गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि विराटनगरस्थित मोरङ सहकारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाका बारेमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजवंशीको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । घटनाको कारण र निर्माणस्थलमा अपनाइएको सुरक्षासम्बन्धी विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राहदानी विभागले आगामी भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै २०८३ साल भदौ २२ र २३ गते राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा ...
: कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा भएको सवारी दुर्घटनामा ३ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान भित्री सडकखण्डमा बाटो काट्ने क्रममा स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई लु. प्र.०१–००१ ह १३७८ नम्बरको अटोले ठक्कर दिएको थियो। दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका शिवमलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ ...
: रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीपछि खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा भइरहेको छ। त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टर मार्फत खोज, राहत तथा उद्धारको कार्य गरिरहेको हो। नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीले बाढी आएको १० औं दिनसम्म ३,२०० भन्दा बढी नेपाली नागरिक तथा २७० भन्दा ...
: रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको पुनःनिर्माण कार्य सुरू भएको छ। मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यी पुल मर्मतका लागि ...
: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि,पूर्वाधार मन्त्रालयका प्रतिनिधि,भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक,सम्बन्धित जिल्लाका सहायक ...