: नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएर महिलासंग रकम असुल्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भएर काठमाडौंको किर्तिपुर बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्।
प्रहरीका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भएको र महिलाका नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गर्दै रकम माग गरेका थिए। रकम नदिए ती सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिई उनले ९ लाख ९५ हजार रुपैयाँ असुल गरिसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको हो।