मुख्य समाचार
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन

: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ।

बाढी आउनुअघि कोषमा करिब २.१७ अर्ब रुपैयाँ मौज्दात रहेकोमा गत २६ अगस्ट २०२६ देखि संकलन अभियान जारी राखिएको हो। संकलित रकममध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई तत्काल उद्धार तथा राहतका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकिएको छ भने कोषमा हाल ६.८८५ अर्ब रुपैयाँ बाँकी रहेको छ।

कोषमा विभिन्न स्वदेशी एवं विदेशी संस्था, बैंक तथा निजी क्षेत्रबाट ठूलो परिमाणमा सहयोग प्राप्त भएको छ। अन्तर्राष्ट्रिय टेक कम्पनी एनभिडियाले १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ) सहयोगको घोषणा गरेको छ भने एप्पलले पनि राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
निजी क्षेत्रतर्फ सूर्य नेपालले १५ करोड, चौधरी फाउन्डेसन र नबिल बैंकले संयुक्त रूपमा १५ करोड, इप्पानले १३ करोड, आईएमई ग्रुपले १० करोड र गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ योगदान गरेका छन्। यस्तै सिमेक्स/बीवाईडी नेपालले ७ करोड, सीएनआईका सदस्यहरूले ५.२९ करोड र निर्जीवन बिमक संघका सदस्यहरूले ३.४७ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

वित्तीय क्षेत्रबाट राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल बैंकले करिब ३÷३ करोड रुपैयाँ सहयोग गरेका छन्। सरकारी कर्मचारीहरूमार्फत करिब ३६ करोड रुपैयाँ तलब योगदान भएको छ।

सरकारले अति प्रभावित जिल्लाहरू रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ तत्काल नगद पठाएको छ। प्रदेश सरकारहरूमध्ये लुम्बिनी प्रदेशले अघिल्लो ३ करोडसहित मन्त्रीहरूको आधा महिनाको तलब र कर्णाली प्रदेशले ५० लाख रुपैयाँ कोषमा हस्तान्तरण गर्ने निर्णय गरेका छन्। यसका साथै भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, भुटानलगायतका देशहरू तथा विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र संयुक्त राष्ट्रसंघीय केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष (सीईआरएफ) जस्ता अन्तर्राष्ट्रिय निकायहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्।

दीर्घकालीन पुनर्निर्माणका लागि १० अर्ब डलर चाहिने अनुमान
भौतिक संरचनाको विनाश र बस्ती पुनस्र्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत करिब १० अर्ब अमेरिकी डलर १० बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हालसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको ०.६९ प्रतिशत (६९ मिलियन डलर) मात्र संकलन भएको छ।

सरकारले राहत र उद्धारमा एकद्वार प्रणाली लागू गर्दै आधिकारिक बैंक खातामार्फत मात्र सहयोग पठाउन र कुनै पनि व्यक्तिगत वा राजनीतिक दलका खातामा रकम जम्मा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...