मुख्य समाचार
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन

: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ।

बाढी आउनुअघि कोषमा करिब २.१७ अर्ब रुपैयाँ मौज्दात रहेकोमा गत २६ अगस्ट २०२६ देखि संकलन अभियान जारी राखिएको हो। संकलित रकममध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई तत्काल उद्धार तथा राहतका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकिएको छ भने कोषमा हाल ६.८८५ अर्ब रुपैयाँ बाँकी रहेको छ।

कोषमा विभिन्न स्वदेशी एवं विदेशी संस्था, बैंक तथा निजी क्षेत्रबाट ठूलो परिमाणमा सहयोग प्राप्त भएको छ। अन्तर्राष्ट्रिय टेक कम्पनी एनभिडियाले १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ) सहयोगको घोषणा गरेको छ भने एप्पलले पनि राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
निजी क्षेत्रतर्फ सूर्य नेपालले १५ करोड, चौधरी फाउन्डेसन र नबिल बैंकले संयुक्त रूपमा १५ करोड, इप्पानले १३ करोड, आईएमई ग्रुपले १० करोड र गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ योगदान गरेका छन्। यस्तै सिमेक्स/बीवाईडी नेपालले ७ करोड, सीएनआईका सदस्यहरूले ५.२९ करोड र निर्जीवन बिमक संघका सदस्यहरूले ३.४७ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

वित्तीय क्षेत्रबाट राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल बैंकले करिब ३÷३ करोड रुपैयाँ सहयोग गरेका छन्। सरकारी कर्मचारीहरूमार्फत करिब ३६ करोड रुपैयाँ तलब योगदान भएको छ।

सरकारले अति प्रभावित जिल्लाहरू रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ तत्काल नगद पठाएको छ। प्रदेश सरकारहरूमध्ये लुम्बिनी प्रदेशले अघिल्लो ३ करोडसहित मन्त्रीहरूको आधा महिनाको तलब र कर्णाली प्रदेशले ५० लाख रुपैयाँ कोषमा हस्तान्तरण गर्ने निर्णय गरेका छन्। यसका साथै भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, भुटानलगायतका देशहरू तथा विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र संयुक्त राष्ट्रसंघीय केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष (सीईआरएफ) जस्ता अन्तर्राष्ट्रिय निकायहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्।

दीर्घकालीन पुनर्निर्माणका लागि १० अर्ब डलर चाहिने अनुमान
भौतिक संरचनाको विनाश र बस्ती पुनस्र्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत करिब १० अर्ब अमेरिकी डलर १० बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हालसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको ०.६९ प्रतिशत (६९ मिलियन डलर) मात्र संकलन भएको छ।

सरकारले राहत र उद्धारमा एकद्वार प्रणाली लागू गर्दै आधिकारिक बैंक खातामार्फत मात्र सहयोग पठाउन र कुनै पनि व्यक्तिगत वा राजनीतिक दलका खातामा रकम जम्मा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...