मुख्य समाचार
भोटेकोशीमा आएको बाढीपछि भारतले नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध
भोटेकोशीमा आएको बाढीपछि भारतले नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध

: भोटेकोशीमा आएको बाढीपछि भारतले नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध गराइरहेको छ। भारतीय वायुसेनाका सातवटा विमानमार्फत हालसम्म करिब ९५.५ टन राहत सामग्री नेपाल ल्याइएको हो।

भारतीय पक्षका अनुसार बाढी प्रभावितका लागि अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सोलार बत्ती, टेन्ट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, पानी तान्ने पम्प, भान्साका सामग्री, जेनेरेटर, औषधि, पानी शुद्ध गर्ने ट्याब्लेट तथा खाद्यान्नलगायतका सामग्री ल्याइएको छ। यसबाहेक खोज तथा उद्धारका लागि थप ६ टन विशेष उपकरणसमेत ल्याइएको छ।

भारतले राहत सामग्रीसँगै उद्धार तथा स्वास्थ्य सेवाका लागि विभिन्न टोलीसमेत नेपाल पठाएको छ। जसमा पाँच सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार ‘रेकी’ टोली, छ सदस्यीय चिकित्सा टोली, विशेष उपकरणसहितको १३ सदस्यीय सुरुङ उद्धार टोली, १९ सदस्यीय फरेन्सिक टोली र ११ सदस्यीय उद्धार टोली छन्।
भारतबाट भदौ १० गते पहिलो उडानमार्फत १० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको थियो। उक्त सामग्रीमा अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सोलार बत्ती र औषधि थिए।

भदौ ११ गते दोस्रो उडानमार्फत ३७.५ टन राहत सामग्री ल्याइएको थियो। यसमा २८.५ टन टेन्ट, कम्बल, सरसफाइ किट, सोलार बत्ती, पानी तान्ने पम्प, भान्साका सामग्री र जेनेरेटरलगायत थिए। त्यस्तै आठ टन औषधि र एक टन खाद्यान्नसमेत ल्याइएको थियो।

भदौ १२ गते भएको तेस्रो उडानमार्फत पाँच सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार ‘रेकी’ टोली र छ सदस्यीय चिकित्सा टोली नेपाल आएका थिए। सोही उडानबाट पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्यान्न, पानी शुद्ध गर्ने ट्याब्लेट र औषधिसहित थप १० टन सामग्री ल्याइएको थियो।

भदौ १३ गते चौथो उडानमार्फत ११ टन राहत सामग्री ल्याइएको थियो। जसमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट र सरसफाइ किटलगायतका सामग्री थिए। उक्त उडानमार्फत खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित सुरुङ प्राविधिक टोली तथा डीएनए विश्लेषणका लागि फरेन्सिक विशेषज्ञहरूको टोलीसमेत नेपाल आएको थियो।

त्यस्तै भदौ १७ गते पाँचौं उडानमार्फत ५.५ टन औषधि तथा ६ टन विशेष उद्धार उपकरण ल्याइएको थियो। सोही क्रममा ११ सदस्यीय उद्धार टोलीसमेत नेपाल आएको थियो।

भदौ १८ गते छैटौं र सातौं उडानमार्फत फरेन्सिक किट तथा चिकित्सा सामग्रीसहित २१.५ टन राहत सहायता नेपाल ल्याइएको थियो। यसरी भारतीय वायुसेनाका सातवटा उडानमार्फत राहत सामग्रीसँगै उद्धार, सुरुङ खोज तथा शव पहिचानका लागि आवश्यक जनशक्ति र उपकरणसमेत नेपाल ल्याइएको हो।
त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए। राजदूत श्रीवास्तवले रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे क्षेत्रमा उद्धारका लागि खटिएको भारतीय प्राविधिक टोलीसँग पनि भेट गरेका थिए। उक्त टोली नेपाली सेनासँगको सहकार्यमा चिलिमे पावरहाउसको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि उत्खनन गरिरहेको छ।

भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेर अवस्था निरीक्षण गरिसकेको राजदूत श्रीवास्तव बताएका थिए। त्यस्तै राजदूत श्रीवास्तवले सुरुङभित्रको जमिन दलदलजस्तो रहेको र भू-भाग निकै चुनौतीपूर्ण रहेको बताएका थिए। कठिन परिस्थितिका बाबजुद भारतीय र नेपाली टोली निरन्तर उद्धार कार्यमा जुटिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित जिल्लाकै पुरानो आदर्श माध्यमिक विद्यालयका बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरिएको छ। गत भदौ १० र १४ गते आएको विनाशकारी बाढीबाट प्रभावित बाल बिकासका बिद्यार्थी देखि कक्षा १२ सम्मका ८६ जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय झोला, डायपर, सेनिटरी प्याडलगायतका सामग्री वितरण गरिएको हो। ‘छोरी’ नामक संस्थाको सहयोगमा आयोजित कार्यक्रममा गजुरी ...
: विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ जिल्ला कारागारमा लामो समयदेखि देखिएको गुटबन्दी शुक्रबार कुटाकुटमा परिणत भएपछि प्रशासनले १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेको छ। कारागारभित्र एउटा समूहले ‘बी ब्लक’ नियन्त्रणमा लिएर प्रशासनको प्रवेशसमेत रोकेको थियो। कारागार कब्जाको पक्ष र विपक्षमा रहेका कैदीबन्दीबीच कुटाकुटा हुँदा लामो समयदेखि झँगिएको गुटबन्दी विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन मोरङ ...
: बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग हस्तान्तरण गरेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको खोज, उद्धार, राहत तथा पुनःस्थापका लागि बर्जर पेन्ट्स नेपालले आर्थिक सहयोग प्रदान गरेको हो। उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। २५ वर्षदेखि विश्वास र गुणस्तरको ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने र पीडितले समयमा नपाउने हुँदा राहत सिधै पीडितको हातमा पुर्‍याउनुपर्ने बताए । राहत सरकारी कोषलाई नभई पीडित जनतालाई चाहिएकाले ...
: तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपतकालीन राहत प्रदान गरेको छ। तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको हो। ‘साझा हिमाल, साझा नदी, सुखदुःखमा एकता’ भन्ने नारासहित चीन र नेपाली भाषामा लेखिएको ब्यानरसहित राहत सामग्री हस्तान्तरण गरिएको थियो। सिजाङबाट पठाइएको राहतमा बेलीब्रिजका प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज ...