मुख्य समाचार
सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात
सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात

: सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई २५–२१, २५–२१, २३–२५, २५–२१ को सेटमा पराजित गर्‍यो।

सगरमाथाका अइमल खान ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले २० हजार रुपैयाँ नगद पुरस्कार पाए। उनले उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

प्रतियोगिताअन्तर्गत शनिबार काठमाडौं रेड्स र मधेस वारियर्स तथा सगरमाथा स्म्यासर्स र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए। उनले नेपाली भलिबललाई व्यावसायिक बनाउन नेपाल भलिबल लिगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रतियोगिताको पहिलो दिनको सम्पूर्ण टिकट बिक्रीको रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय स्वागतयोग्य रहेको बताए।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।null

नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ।

प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ। प्रतियोगिताको एप्स पार्टनरमा अन्नपूर्ण मिडिया नेटवर्कको सम्पूर्ण एप रहेको छ। सम्पूर्ण एपमा लिगको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हुनेछ भने प्रतियोगिताको सम्पूर्ण जानकारी यस एपमा पाइनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमा अलआउट भयो । नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए । मयन यादवले २० तथा दीपक डुम्रेले ...
: एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको १०४ रनको विजय लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै १०६ रनसहित लक्ष्य पूरा गरेको हो। मलेसियाको बाङ्गीस्थित युकेएम वाइएसडी वाइएसडी ओभरमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो। मलेसियाले दिएको लक्ष्य पूरा गर्न ...
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।