मुख्य समाचार
स्कुटरको ठक्करबाट वृद्धाको मृत्यु, चालकसहित दुई जना घाइते
स्कुटरको ठक्करबाट वृद्धाको मृत्यु, चालकसहित दुई जना घाइते

: मोरङमा स्कुटरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । स्कुटर चालकसहित दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–९ स्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको हो । लक्ष्मीमार्गबाट डाँगाबजारतिर जाँदै गरेको प्र १–०२–०५३ प ६६५१ नम्बरको स्कुटरले शुक्रबार साँझ ७ बजेतिर ठक्कर दिँदा अन्दाजी ७५ वर्षीय बेग्री राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटो क्रम गर्दै गरेको अवस्थामा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनामा स्कुटर चालक बेलबारी–८ का १७ वर्षीय अदित खवास र स्कुटरको पछाडि सवार १८ वर्षीय रुमन खवास घाइते भएका छन् । सामान्य अवस्थाका दुवै जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाका बारेमा शनिबार बिहान ५ बजेतिर मात्रै जानकारी पाएको थियो । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने र पीडितले समयमा नपाउने हुँदा राहत सिधै पीडितको हातमा पुर्‍याउनुपर्ने बताए । राहत सरकारी कोषलाई नभई पीडित जनतालाई चाहिएकाले ...
: तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपतकालीन राहत प्रदान गरेको छ। तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको हो। ‘साझा हिमाल, साझा नदी, सुखदुःखमा एकता’ भन्ने नारासहित चीन र नेपाली भाषामा लेखिएको ब्यानरसहित राहत सामग्री हस्तान्तरण गरिएको थियो। सिजाङबाट पठाइएको राहतमा बेलीब्रिजका प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज ...
: नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन्। उनी नेपाली सेनाको सह सेनानी कप्तानबाट मेजरमा बढुवा भएका हुन्। उनको यो नियमित बढुवा हुन्। नेपाली सेना प्रवेश गर्दा भरतले अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएका थिए। उनी हाल भने रसुवामा गएको विनाशकारी बाढीको उद्धारमा खटिएका छन्। ...
: प्रधानमन्त्री बालेन शाहले विपद्को सामना गर्दै सबै मिलेर सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा साथ दिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फ शाहले संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने नहुने भन्दै धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नु पर्ने बताएका हुन्। ‘हामी रोकिदैनौं।आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना ...
: परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै विपद्पछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्। काठमाडौंस्थित कूटनीतिक समुदायसँग बिहीबार मन्त्रालयमा आयोजित ब्रिफिङमा मन्त्री खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था र प्राप्त अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न ...