मुख्य समाचार
गोली हानेर एकजना शिक्षकको हत्या
गोली हानेर एकजना शिक्षकको हत्या

: सङ्खुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एकजना शिक्षकको हत्या भएको छ । कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार शिक्षक राईको देब्रे कोखमा भरुवा बन्दुकको गोली प्रहार गरी हत्या भएको हो । प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार शिक्षक राईको बिहीबार राति ७ बजे गोली प्रहारबाट हत्या भएको हो ।

सोही विद्यालयकी शिक्षिका टिकामाया राईले घटाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । नरकुबिर खाना खाएको भाडा माझ्न बाहिरा निस्किएको बेला केही पड्किएको आवाज आएपछि शिक्षिका राई बाहिर निक्किएर हेर्दा उनी भुइँमा ढलेका थिए ।


भुइँमा रगत बगेको देखेपछि शिक्षिकाले स्थानीय र प्रहरीलाई खबर गरेको प्रहरी प्रमुख मैनालीले बताए । मैनालीका अनुसार विद्यालय नजिकैबाट शिक्षकमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

गोली कसले किन हान्यो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘म पनि घटनाको थप अनुसान्धानका लागि घटना स्थल तर्फ जाँदैछु ,'जिल्ला प्रहरी प्रमुख मैनालीले भने । घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी मैनालीले बताए ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी सहायक निरीक्षक मानबहादुर कार्कीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ। प्रहरी चौकी नुमबाट प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठको कमाण्डमा चार जनाको टोली पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दुरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै विपद्पछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्। काठमाडौंस्थित कूटनीतिक समुदायसँग बिहीबार मन्त्रालयमा आयोजित ब्रिफिङमा मन्त्री खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था र प्राप्त अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न ...
गोसाइँकुण्ड दर्शनका लागि घरबाट निस्कँदा उनीहरूमा धार्मिक यात्राको उत्साह थियो। परिवारसँगै तीर्थयात्रामा निस्किएका उनीहरू सकुशल फर्किने आशामा थिए। तर, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्यो यात्रा परिवारका लागि कहिल्यै नमेटिने पीडामा बदलिदिएको छ। धादिङमा बाढी–पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पु र्‍याएको छ। बाढी–पहिरोमा परेर जिल्लाका १ सय ४७ जना मानिस हराइरहेका छन् भने ४ सय ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। भोटेकोशीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालन हुँदै आएको छ। क्षतिग्रस्त सडकको आवश्यक मर्मत तथा सुधार गर्न सवारी आवागमन बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय ...
: पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शुक्रवार नुवाकोट पुगेर बाढी प्रभावित विभिन्न क्षेत्रहरुको स्थललगत निरीक्षण गरेका छन्। उनले बाढी प्रभावित क्षेत्र र पीडितलाई राखिएको स्थानमा पुगेर उनीहरुका गुनासा सुनेका छन्। बिदुर र पिपलटारस्थित बाढी प्रभावितलाई राखिएको ठाउँको निरीक्षण गर्दै ओलीले बाढीबाट भएको क्षति, खोज तथा उद्धारको अवस्था, होल्डिङ सेन्टर निर्माण, राहत वितरण तथा ...
: नेपाली सेनाले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामलाई तीव्र पारेको छ। सेनाका अनुसार हालसम्म खोज तथा उद्धारका क्रममा ३ हजार २ सयभन्दा बढी नेपालीको उद्धार गरिएको छ। त्यस्तै,२७० जना विदेशी नागरिकको समेत उद्धार गरिएको सेनाले जनाएको छ। बाढीपछि प्रभावित सातवटै सुरुङमा खोज तथा उद्धारको काम जारी रहेको सेनाले जनाएको छ। सेनाका अनुसार शुक्रबार ...