मुख्य समाचार
बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु
बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु

। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो ।

‘सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए’, कार्यालयले भनेको छ, ‘क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो ।’

जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यी पाँच वटा झोलुङ्गे पुलहरू एक महिनाभित्र मर्मत सम्पन्न गरिने भनिएको छ ।

पुन:निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० गतेको रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव भेटिएको जनाएको हो। बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार ...
। राहत वितरण केन्द्र जिल्ला समन्वय समिति, नुवाकोटले वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ । वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा बाढीबाट प्रभावित, असाह्य, असक्त वा अन्य कुनै कारणले दैनिक उपभोगको सामान अभाव भएका व्यक्तिहरूले राहत लिन सक्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ । नुवाकोटको हकमा बिदुरस्थित राहत ...
। रसुवाको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका कर्मचारी, कामदारको खोजी तथा उद्धारका लागि आयोजनास्थलमा तीनवटा एस्काभेटरले निरन्तर काम गरिरहेका छन् । त्रिशूली ३ बी मा १९१ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन छन् । आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार उद्धार टोलीले अहिले पुरिएको क्षेत्रमा एस्काभेटर प्रयोग गरेर भग्नावशेष तथा ठूला ढुंगा हटाउने काम ...
। सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको छ । मनसुन यामको बाढी र यसले गरेको वितण्डाबीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म कुल ३२ समूहका ३ सय ६७ आरोहीले आगामी आरोहण सिजनलाई हिमाल चढ्ने अनुमति लिइसकेका छन् । तीमध्ये ८७ महिला छन् । विभागका ...
। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा चौलानी नदी थुनिने पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहावसमेत प्रभावित भएको छ। पहिरोपछि नदी केहीबेर थुनिएको र अहिले खुलेको बताइएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे ...