मुख्य समाचार
‘ठूलो सफलता हात लाग्यो, विपद् उद्धारमा नेपालीले गर्नसक्छ भन्ने प्रमाणित भयो’
‘ठूलो सफलता हात लाग्यो, विपद् उद्धारमा नेपालीले गर्नसक्छ भन्ने प्रमाणित भयो’

। भोटेकोशीको बाढीका कारण त्रिशुली थ्री-एको सुरुङको मुख थुनिएपछि फसेका दुई जनाको शुक्रबार उद्धार भएको छ । बाढी आएको १० दिनपछि दुइजना सकुशल भेटिएपछि त्यहाँ हराइरहेका भनिएका अन्यलाई पनि फेला पार्ने आशा जागेको छ ।

यो सुरुङमा फसेकाहरूलाई बाहिर ल्याउनका लागि नेपाली सेनाको कमान्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत प्राधिकरणका प्रावधिक लगायतको टोली खटिएको थियो । उनीहरूले एक साता लामो प्रयासपछि जीवित उद्धार गर्न सफल भएका हुन् । यसले नेपालमै पनि यस्ता जटिल विपद्मा पनि नेपालीले नै गर्नसक्छन् भन्ने प्रमाणित भएको छ । त्रिशूली ३ ‘ए’ मा उद्धार टोलीको कमान्ड गरिरहेका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल गंगा बराल भन्छन्- ‘रातदिन काम गर्‍यौं । विश्वासै नलाग्ने ठूलो सफलता हात परेको छ । नेपालीले पनि गर्नसक्छन् भन्ने हामीले प्रमाणित गरेका छौं ।’

उनले विपद् व्यवस्थापनमा यो सुरुङबाट उद्धारको घटना एउटा ठूलो अनुभव भएको उनले बताए । उनका अनुसार अहिले अरू पनि मानिस त्यहाँ फसेको हुनसक्ने भएकाले सक्रिय रूपमा काम गरिरहेको उनले जानकारी दिए ।

‘हामीले दिन रात काम गर्‍यौं, लागिरह्यौं । सेना, सशस्त्र नेपाल प्रहरी विद्युत् प्राधिकरणका कमर्चारी सबैको समन्वयमा काम भइरहेको छ,’ उनले भने ।

शुक्रबार बिहान सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो । सञ्जय साह आयोजनाको कन्ट्रोल रूममा काम गर्थे । महर्जन आयोजनाका सुपरभाइजर हुन् । उद्धार लगत्तै महर्जनलाई सैनिक अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । साहलाई पनि उच्च मेडिकल निगरानीमा राखिएको छ । साहले उद्धारपछि आफू कसरी फसेँ भन्नेबारे बोलेका छन् । उनले बाढी सुरुङमा पसेपछि अरूलाई पनि भाग्न भनेको र त्यसक्रममा आफू ढिलो हुँदा भित्रै फसेको बताएका छन् ।


त्रिशुली ३ ए को सुरुङ उद्धारको काम भइरहेको स्थानमा बरालसँग गरिएको कुराकानी :

तपाईंले दुई जनाको सकुशल उद्धार गर्ने टोलीको नेतृत्व गर्नुभएको थियो। २४ सै घण्टा खटिएर अन्ततः सफलता हासिल गर्नुभयो, यो कसरी सम्भव भयो?

बाढी आएलगत्तै नेपाली सेनाको ‘स्पेशल फोर्स‘, कम्ब्याट इन्जिनियर र ‘कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु‘ टोली यहाँ खटिएको थियो। नतिजा आउन केही समय लागे पनि अन्ततः हामी दुई जनाको सकुशल उद्धार गर्न सफल भयौँ।

४२ जना बेपत्ता भनिएको थियो, उहाँहरूलाई पनि सकुशल उद्धार गर्न सकिएला ?

उद्धार टोलीहरू अझै पनि भित्रै खटिएर खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

नेपाली सेना, जनपद र सशस्त्र प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी खटिनुभएको छ। कार्यक्षेत्रको जोखिम र निकायहरूबीचको समन्वय कस्तो छ?

सबै सुरक्षा निकायले आ-आफ्नो क्षेत्रबाट उत्कृष्ट समन्वय गरेर काम गरिरहेका छौँ। काठमाडौँबाट आउनुभएका इन्जिनियर उदय न्यौपाने लगायतको प्राविधिक टोलीको मार्गदर्शन र अन्य सुरक्षा निकायहरूसँगको प्रभावकारी समन्वयले नै यो सफलता सम्भव भएको हो ।

उद्धारका लागि भित्रको अवस्था कस्तो छ? अक्सिजन, लाइट र थप चुनौतीहरू के छन् ?

भित्र अझै पनि खोज तथा उद्धारको काम भइरहेकाले अहिल्यै विस्तृत विवरण भन्न सकिने अवस्था छैन। टोलीहरू खटिएका छन् र उद्धार कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० गतेको रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव भेटिएको जनाएको हो। बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार ...
। राहत वितरण केन्द्र जिल्ला समन्वय समिति, नुवाकोटले वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ । वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा बाढीबाट प्रभावित, असाह्य, असक्त वा अन्य कुनै कारणले दैनिक उपभोगको सामान अभाव भएका व्यक्तिहरूले राहत लिन सक्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ । नुवाकोटको हकमा बिदुरस्थित राहत ...
। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो । ‘सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष ...
। रसुवाको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका कर्मचारी, कामदारको खोजी तथा उद्धारका लागि आयोजनास्थलमा तीनवटा एस्काभेटरले निरन्तर काम गरिरहेका छन् । त्रिशूली ३ बी मा १९१ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन छन् । आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार उद्धार टोलीले अहिले पुरिएको क्षेत्रमा एस्काभेटर प्रयोग गरेर भग्नावशेष तथा ठूला ढुंगा हटाउने काम ...
। सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको छ । मनसुन यामको बाढी र यसले गरेको वितण्डाबीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म कुल ३२ समूहका ३ सय ६७ आरोहीले आगामी आरोहण सिजनलाई हिमाल चढ्ने अनुमति लिइसकेका छन् । तीमध्ये ८७ महिला छन् । विभागका ...