मुख्य समाचार
नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग
नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग

। भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता प्रदान गरेका छन्, भने केही मुलुकले आर्थिकसहित माननीय सहायता सामग्री पठाएका छन् ।

परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको प्रेस ब्रिफिङअनुसार विपद्का बेला समयमै ऐक्यबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्र छन् ।

त्यस्तै त्यस्तै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि सहयोग प्रदान गरेका छन् । व्यक्तिगत र सामाजिक संस्थाहरूले पनि नेपाललाई सहयोगको घोषणा गरेका छन् । उनीहरूको सहयोगप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।

शव पहिचानका लागि चार देशका फरेन्सिक टोली

बाढीमा परेर मृत्यु भएकाका शव पहिचानका लागि चार देशका फरेन्सिक टोली पनि नेपालमा खटिएका छन् । मृतकको शवबाट डीएनए संकलन, विश्लेषण तथा पहिचान प्रक्रियालाई तीव्र बनाउन भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोली नेपाल आएको परराष्ट्र मन्त्रालय जनाएको छ ।

उनीहरूले नेपाल प्रहरी तथा सम्बन्धित अन्य निकायसँग सहकार्य गर्दै मृतकका अवशेषको डीएनए परीक्षण तथा पहिचान कार्यलाई तीव्रता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। शुक्रबार दिउँसो नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग २५ प ९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज २४९३ नम्बरको ट्याक्सी ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक आँधीखोला गाउँपालिका–६ का २४ वर्षीय घनश्याम ढकाल घाइते भएका थिए। उनलाई उपचारका लागि पोखरास्थित गण्डकी ...
। भोटेकोशीको बाढीका कारण त्रिशुली थ्री-एको सुरुङको मुख थुनिएपछि फसेका दुई जनाको शुक्रबार उद्धार भएको छ । बाढी आएको १० दिनपछि दुइजना सकुशल भेटिएपछि त्यहाँ हराइरहेका भनिएका अन्यलाई पनि फेला पार्ने आशा जागेको छ । यो सुरुङमा फसेकाहरूलाई बाहिर ल्याउनका लागि नेपाली सेनाको कमान्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत प्राधिकरणका प्रावधिक लगायतको टोली खटिएको थियो । ...
। साउन १२ गते गुन्हीपुन्ही (जनैपूर्णिमा)को दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो । जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा सात ...
। ‘चितवन को–ई ग्रुप’ले हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो। सहयोग रकममध्ये ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले ...
। पार्ले प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १४ लाख ४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ। कम्पनीले नेपालस्थित उत्पादक एन्टार्कटिक बिस्कुट्स प्रालिमार्फत १० रुपैयाँ एमआरपीका १ लाख ४४ हजार प्याकेट अर्थात् १ हजार कार्टुन पार्लेजी बिस्कुट सरकारी राहत संयन्त्रलाई हस्तान्तरण गरेको हो। पार्ले प्रोडक्ट्सका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक सत्येन्द्रकुमार उपाध्यायले बुधबार राहत सामग्री सम्बन्धित सुरक्षा ...