मुख्य समाचार
ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि गम्भीर प्रश्न उठाएका छन्
ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि गम्भीर प्रश्न उठाएका छन्

। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि गम्भीर प्रश्न उठाएका छन्।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले उक्त समूहको परिचय र उद्देश्य स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्।

अध्यक्ष ओलीले ‘ग्रीन आर्मी’ले २०७२ सालको भूकम्प र कोभिड–१९ को महामारीका समयमा राहत पुर्‍याएको भनी गरेको दाबीको खण्डन गरे। सेनाको ‘चुस्ता’ जस्तै देखिने पोसाक र कतिपयमा दर्ज्यानी चिह्न समेत प्रयोग गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसको कानुनी आधार र खर्चबारे जिज्ञासा राखे।

‘यो संस्था २०७२ सालमा थिएन, कोभिडको समयमा पनि थिएन। गत वर्ष रसुवामा बाढी आउँदा वा मुलुकमा अन्य राजनीतिक घटनाक्रम हुँदा पनि यो युनिफर्ममा कुनै जनशक्ति देखिएको थिएन,’ ओलीले भने, ‘सेनाले एनसीसीका विद्यार्थीहरूलाई आवधिक तालिम दिने गर्छ, तर यो समूह कसरी र कुन प्रक्रियाबाट तालिम प्राप्त भयो ? यसको खर्च कसले व्यहोर्‍यो ? मेरो नाम किन जोडिएको छ ? यसमा केही शङ्कास्पद कुरा लुकेको देखिन्छ।’



७० हजारको संख्यामा रहेको दाबी गरिएको यस समूहको बुट, चुस्ता र परिचालन खर्चको स्रोत के हो भनी प्रश्न गर्दै ओलीले रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरी बलले यसबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे।

आफू प्रधानमन्त्री भएको समयमा उक्त संस्था दर्ता भएको भनी आएका चर्चाप्रति टिप्पणी गर्दै उनले संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको नभई छुट्टै ऐन र कार्यालयहरूमार्फत हुने स्पष्ट पारे।

‘ग्रीन आर्मी’ जस्ता अपारदर्शी समूहको परिचालनले सुरक्षा र कानुनी मर्यादामा चुनौती थप्न सक्ने उनको संकेत थियो।

‘सेना विवादमा मुछिनु दुःखद्’

अध्यक्ष ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताए। राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैँ निष्कलंकित र निर्विवाद रहनुपर्नेमा उनले जोड दिए।

‘नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था हो, तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ,’ ओलीले भने, ‘सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले यो संस्था सधैँ स्वच्छ र आफ्नो सीमाभित्र रहनु उचित हुन्छ।’

विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै उनले सेनाको पछिल्लो सक्रियता र समयसन्दर्भमाथि समेत प्रश्न उठाउँदै राहत र उद्धारको नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट नभएको टिप्पणी गरे। नेपाली सेना र नेपाल प्रहरीले उद्धार तथा राहतका क्षेत्रमा पुर्‍याएको योगदानको भने उनले प्रशंसा गरेका थिए।

अहिलेको मुख्य प्राथमिकता राहत र पुनर्स्थापना नै हुनुपर्ने बताउँदै ओलीले प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने कार्य भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता प्रदान गरेका छन्, भने केही मुलुकले आर्थिकसहित माननीय सहायता सामग्री पठाएका छन् । परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको प्रेस ब्रिफिङअनुसार विपद्का बेला समयमै ऐक्यबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, ...
। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्। गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेसन ग्याप रहेको टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड ...
। जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ । चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, ...
। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नुवाकोटको बिदुर नगरपालिका–५ बाट बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रस्थान गरेका छन्। ओली स्वयंसेवक (भोलेन्टियर) टोलीसहित बिदुर नगरपालिका–५ अन्तर्गत पर्ने बटार, ढुङ्गे लगायतका बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका हुन् । भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ...
। रसुवास्थित भोटेकोशीमा एक्कासी आएको भीषण बाढीमा परेर नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन् । तीन जनाको शव फेला परेको छ । बाढीमा परेर मृत्यु भएका परिवारले भने केही आर्थिक राहत पाउने नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार मृतकका परिवारले कल्याण कोषबाट ३ लाख पाउनेछन् । ...